काठमाडौं– वायुसेवा सञ्चालक संघ नेपालले आगामी दशैंदेखि छठ पर्वसम्म हवाई यात्रुलाई १० प्रतिशत छुट दिने भएको छ । वायुसेवा सञ्चालक संघ नेपाल (आयोन)को आइतबार बसेको बैठकले दशैंलाई लक्षित गर्दै छुट दिने निर्णय गरेको हो ।


ADVERTISEMENT


संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाद्वारा जारी गरिएको वक्तव्यमा आउँदो असोज १२ देखि कात्तिक १७ गते सम्मको हवाई टिकटमा सम्बन्धित वायुसेवा कम्पनीको काउन्टरबाट खरिद गरेमा नर्मल हवाई भाडा मूल्य (एयरपोर्ट ट्याक्स तथा फ्युल सरचार्ज बाहेक) १० प्रतिशत छुट दिने निर्णय गरिएको जनाएका छन् ।


ADVERTISEMENT

# # #