भक्तपुर – प्रहरीलाई घुस खुवाउन खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने भक्तपुर दुवाकोट बस्ने दोलखा मेलुङ गाउँपालिका२ का गोपाल थापा मगरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT


चाँगुनारायण नगरपालिका.२ दुवाकोटस्थित गोपालको भट्टी पसल राति अबेरसम्म संचालन गरेको फेला पारी महानगरीय प्रहरी प्रभाग दुवाकोटबाट खटिएको प्रहरीले पसल बन्द गराउन खोज्दा उक्त नगद दिई प्रलोभनमा पार्न खोजेकोले उनलाई प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।