काठमाडौं –  प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको झापास्थित गोप्य कार्यालयमा छापा मारेको छ ।


ADVERTISEMENT


सोमबार मध्यरातमा प्रहरीले बिर्तामोड नगरपालिका–४ स्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालय पछाडि रहेको गोप्य कार्यालयमा छापा हानेको हो । प्रहरीले कार्यालयबाट विप्लवकै हस्ताक्षर भएका महत्वपूर्ण दस्तावेज, पार्टी सर्कुलर, चन्दा संकलनका रसिद, आन्तरिक निर्णयका साथै दुई थान पेस्तोल र चार राउण्ड गोली समेत बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ ।


ADVERTISEMENT

# # #


१ नम्बर प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीले विप्लव समूहविरुद्ध संयुक्त अपरेसन चलाएको हो ।

प्रहरीले झापा जिल्ला सेक्रेटरी प्रविण मिश्र, जिल्ला जनसरकार प्रमुख टीका पोखरेल र मकवानपुरका कार्यकर्ता अनुल सारु मगरलाई समेत पक्राउ गरेको छ । प्रहरीले झापामा भएका विष्फोट पोखरेल र मिश्रकै योजनामा भएको दाबी गरेको छ । प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।

सरकारले गत फागुन अन्तिम साता विप्लव समूहमाथि प्रतिबन्धको घोषणा गरेको थियो ।