काठमाडौं – आउँदो असोज २ गते देशभरका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा निःशुल्क ओपिडी सेवा पाइने भएको छ ।


ADVERTISEMENT


असोज ३ मा पर्ने संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको स्वास्थ्य मन्त्रालयले त्यसको अघिल्लो दिन आफू मातहतका अस्पताल तथा स्वास्थ्य संस्थाको बहिरंग ९ओपीडी० सेवाको टिकट निःशुल्क गर्न लागेको हो ।


ADVERTISEMENT

# # #


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफूअन्तर्गतका संघीय अस्पताल तथा स्वास्थ्य संस्थाहरूबाट ०७६ असोज २ का दिन ओपीडी सेवाको टिकट निःशुल्क हुने जनाएको छ । यसका लागि सम्बन्धित सबैलाई सर्कुलर गरिसकेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, ओपीडी निःशुल्क भए पनि अन्य सेवा भने पूर्ववत् प्रवाह हुनेछ ।