काठमाडौं – हरेक भूमिकालाई उत्कृष्टताका साथ सम्पन्न गरेका एसएसपी भीमप्रसाद ढकालले ट्राफिक प्रहरी प्रमुखको भूमिकामा आउने बित्तिकै आफ्नो उत्कृष्ट शैलीलाई निरन्तरता दिएका छन् ।


ADVERTISEMENT


महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुखका रुपमा कार्यलयभित्रै बस्ने परम्परालाई तोड्दै एसएसपी ढकाल ‘पिक आवर’को समयमा आफै ट्राफिक व्यवस्थापनमा उत्रिएका हुन् । मंगलबार बिहान एसएसपी ढकाल काठमाडौँको व्यस्त रहने त्रिपुरेश्वर र थापाथली चोकमा ट्राफिक जामको व्यवस्थापन गर्न पुगेका थिए ।


ADVERTISEMENT

# # #


उनले पानी परिरहेकै बेला त्रिपुरेश्वर र थापाथली चोकमा करिब एक घण्टा छाता ओढेर ट्राफिक व्यवस्थापन गरेका थिए । ट्राफिक व्यवस्थापनमा महाशाखा प्रमुख नै खटिएपछि अन्य ट्राफिक प्रहरी पनि उत्साही भएर जिम्मेवारीमा तत्लीन भएको देखिन्थ्यो ।

ढकालले ‘पिक आवर’ अर्थात कार्यालय समयमा चोक-चोकमा पुगेर एक घण्टा ट्राफिक व्यवस्थापनमा लाग्ने बताएका छन् । प्रमुख व्यक्ति नै ट्राफिक व्यवस्थापनका लागि फिल्डमै खटिएपछि डिउटीको समयमा काम गर्न थप मनोबल पुगेको ट्राफिक प्रहरीहरु बताउँछन् ।