• कल्याण गुरुङ, केन्द्रीय सदस्य, नेपाली काँग्रेस

 

देशलाई निकास दिनका लागि तथा राजनीतिक मुद्दाको समाधानका लागि पछिल्लो राजनीतिक गतिविधि कसरी अगाडी बढिरहेको छ ?
अब, प्रदेश नं २ मा निर्वाचन गर्नका लागि संविधान संशोधन लाई अगाडी बढाउने र स्थानीय तहको संङख्यालाई बढाउने विषयमा के गर्ने भन्ने कुरामा छलफल भइरहेको छ । तराई मधेसका राजनीतिक दलहरुका मागहरुलाई हामीले दुईवटा भागमा राखेका छौँ र एउटा सरकारले पूरा गर्नु पर्ने काम जनु सहिद घोषणा गर्नुपर्ने माग छ ।यस्तै मुद्दा फिर्ता गर्नुपर्ने माग छ । जेलमा रहेका मानिसहरुलाई रिहा गनुपर्यो र घाइतेहरुको उपचार सरकारले गर्नु पर्यो भन्ने माग उहाँहरुको छ । अर्को सरकारले स्थानीय तहको सङ्ख्या बढाउने निर्णय गरेपनि त्यो रोकिएको छ । संविधान संशोधनको जुन मुद्दा छ । यो सरकार एक्लैले गर्न सक्दैन । किनकि त्यसको लागि दुई तिहाई बहुमत चाहिन्छ । संशोधनका लागि आवश्यक बहुमत यो सरकारसंग नभएका कारण यो रोकिको छ । एमालेको सहयोगबिना दुई तिहाई पुर्याउन गाह्रो भएकाले हामीले एमालेलाई मुलूकमा देखिएका समस्याको समाधानका लागि संविधान संशोधनमा सहयोग गर्न आग्रह गरिरहेका छौँ ।


ADVERTISEMENT


आफ्ना मागहरु पूरा भएनन् भनेर राजपा अन्य रावनीतिक दलहरुभन्दा टाढा गएको देखिन्छ सरकारले चाहेर पनि संविधान संशोधन गर्न सकिराखेको छैन यो समस्या अझ जटिल बन्दै गएको हो ?


ADVERTISEMENT

# # #


कुरा के हो भने, हामी राजपालाई पनि राजनीतिको मूल धारमा ल्याउन चाहान्छौँ । २०४६ सालपछि अतिवादी सोच भएको एमालेलाई हामीले मूल धारमा ल्याएर आयौँ । यसमा विस्तारै अभ्यस्त बनायौँ । त्यसैगरी ५२ सालदेखि अतिवादी खेमामा रहेको र कम्युनिष्ठ सिद्धान्त अगाँलेको नेकपा माओवादीलाई विस्तारै १२ बुँदे शान्ति प्रक्रियामार्फत २ वटा संविधान सभाको निर्वाचन गरेर नयाँ संविधानको निर्माणको सहयात्री बनाएर तथा लोकतन्त्रको मूलधारमा ल्याएर आयौँ । हिंसा होइन शान्तिपूर्ण राजनीतिको माध्यमबाट, चुनावको माध्यामबाट, मतपत्रको माध्यामबाट नै समस्याको समाधान गर्न सकिन्छ भनेर उहाँहरुलाई पनि राजनीतिको मुल धारमा ल्याएर आयौँ । अब हाम्रो जिम्मा राजपा र तराई मधेश केन्द्रित दलहरु हुनुहुन्छ । आज नेकपा एमाले र माओवादीले पनि हाम्रै उदारवादी लोकतन्त्रलाई अँगालेका छन् भने तराई मधेसकेन्द्रित दलहरु पनि उदारवादी लोकतान्त्रिक राजनीतिक सिद्धान्त बोकेर अगाडी बढिरहेका छन् । उहाँहरुलाई पनि देशको राजनीतिको मूल धारमा ल्याउनका लागि संविधान संशोधन गरेर अगाडी जानु पर्छ । होइन भने उदारवादी लोकतन्त्रको सिद्धान्त बोकेकाहरु भन्दा अतिवादी विचारधारा बोकेकाहरु हावी हुन सक्छन् । त्यसका लागि हामीले उदारवादी राजनीतिक धारालाई जोगाएर राख्नु पर्छ ।

अन्य सबै प्रदेशमा स्थानीय तहको निर्वाचन भयो तर प्रदेश नं मा गर्न बाँकी नै यसका लागि राजनीतिक वातावरण सिर्जना गनुपर्ने हुन्छ त्यसैले यो अझैपनि अलमलमै चुनाव हुन्छ कि हुँदैन ? बताइदिनुस्

प्रदेश नं २ को निर्वाचन कुनै पनि हालतमा हुन्छ । हाम्रो अहिलेको मुख्य केन्द्रबिन्दु नै प्रदेश नं २ को निर्वाचन गराउनु हो । यसमा सबै राजनीतिक दलहरु सहभागी हुनुपर्छ र सबैले राजनीतिक पर्वको रुपमा यसलाई लिएर अगाडी बढ्नु पर्छ । किनभने सबै प्रदेशमा स्थानीय तहको निर्वाचन भइसकेको छ । २ नं प्रदेशमा निर्वाचन हुन सकेन भने बजेट जाने सम्भावना हुँदैन । यदि बजेट गएन भने त्यहाँ विकास निर्माणका कामहरु सबै ठप्प हुन्छन् । जसले प्रदेश नं. २ लाई विकास निर्माणमा झनै पछि धकेल्छ र गरिब बनाउँछ । सिमाङ्कनको हिसाबमा यो प्रदेशलाई हेर्ने हो भने जमिन र जनशक्ति बाहेक प्राकृतिक स्रोत साधान, जलस्रोत, पर्यटन, प्राकृतिक सम्पदा त्यति धेरै छैनन् । देशको ८० प्रतिशत जति उब्जाउशील जमिन भएपनि अहिलेको नेपालका जनशक्तिको कमाई भनेको मासिक २० हजार जति हो । त्यसकारण यो प्रदेश अहिले पनि गरिब छ । स्थानीय तहको निर्वाचन भएन भने केन्द्रबाट जाने बजेट पनि जाँदैन र विकास निर्माणका कामहरु पनि हुँदैनन् । त्यसैले २ नं. प्रदेशलाई समृद्ध बनाउनका लागि पनि निर्वाचन जरुरी छ । त्यसैले यहाँ निर्वाचन हुन्छ र कुनैपनि हालतमा निर्वाचन गर्नुपर्छ ।

यसका लागि आफ्ना मागको लागि विगतदेखि नै अडान कायम राख्दै आएको राजपालाई पनि मनाउनु पर्ला नि ?

राजजालाई मनाउनु पर्छ र राजपाले मान्नुपनि पर्छ । लोकतान्त्रिक पद्धतिमा निर्वाचनमा सहभागी नहुने दल समाप्त हुन्छ । निभने लोकन्त्रमा सबैभन्दा शक्तिशाली हतियार भनको जनमत हो । भोट हाल्न पाउने र उम्मेद्वार हुन पाउने यस्ता अधिकारहरु रहेछन् । जसले राज् व्यस्थामा परिवर्तन ल्याइदिन सक्छ । जो यी दुबै अधिकार प्रयोग गर्दैन, त्यो यस प्रणालीबाट पाखा लाग्दै जान्छ । जस्तै अहिले वैद्य माओवादीको, विप्लव माओवादीको स्थिति हुर्नुहोस् । हिजोको दिनमा चुनावमा भाग नलिएका मसालको स्थिति हुर्नुहोस् । त्यसैले जो चुनावमा भाग लिँदैन, त्यो जनताबाट नै आझेल पर्ने अवस्था आउँछ । म चाहन्छु कि राजपाले चुनावमा भाग लेओस् र साथै राजनीतिक मुद्दालाई पनि साथमा लैजाओस् । किन भने कांग्रेस एक्लैले संविधान संशोधन गर्न सक्दैन । एमाले संशोधनका पक्षमा आइराखेको छैन र आउने सम्भावना पनि देखिँदैन । तरपनि हामी मनाउने प्रयास गरिरहेका छौँ । एमाले संशोधन किन चाहदैन भने जुन सविधान संशोधन गर्नु हुँदैन भनेर उसले जसरी यसअघिको स्थानीय निर्वाचनमा कांग्रेस भन्दा ५० सिट बढी ल्याए त्यसरी प्रदेश र संघको निर्वाचनमा जित्नुछ । त्यसकारण एमालेले यो अडानलाई कसरी छोड्न सक्छ ? तरपनि राजपालाई निर्वाचनमा ल्याउने वातावरण सिर्जनाका लागि तथा संविधान संशोधनका लागि एमालेलाई हामीले अनुरोध, आग्रह गरिरहेका छौँ । राजपाले यो कुरा बुझेको छ । राजपा चुनावमा आउँदा उसैलाई फाइदा हुन्छ । यसका लागि संविधान संशोधनको मुद्दालाई संसद्मा मतदान प्रकृयामा पुर्याएर त्यसको परिणामलाई सबै दलहरुले स्वीकार गर्नैपर्छ ।

यसअघिको निर्वाचनमा कांग्रेस नै पहिलो भएको थियो तरपनि स्थानीय तहको निर्वाचनमा दोस्रो स्थानमा झर्यो प्रदेश नं को निर्वाचन बाँकी नै रहँदा त्यहाँ कांग्रेसको पक्षमा जनमत कस्तो छ ?
प्रदेश नंं. २ मा अहिले हाम्रो लक्ष्य भनेको १२७ स्थान नै हाम्रो कब्जामा ल्याउने हो । सय प्रतिशत स्थान जित्ने लक्ष्य लिएर हामी अगाडी बढेका छौँ । एउटा विद्यार्थीले पूणाङ्क नै तोड्ने गरी परीक्षा दिए जस्तै हामी पनि त्यो योजनामा छौँ । तर पनि हामीले हिसाब गरे अनुसार १०२ स्थानमा जित्ने अनुमान छ ।

तपाईले अघि राजपा एउटा उदारवादी लोकतान्त्रिक पार्टी हो भन्नु भयो फेरि कांग्रेसपनि त्यहाी धारको हो त्यसैले राजपा निर्वाचन बाहिर रहँदा निर्वाचनमा गएपछिको कांग्रेसलाई फाईदा घाटा के हुन्छ ? फेरि नं. प्रदेश राजपाको अखडा भएको क्षेत्र मानिन्छ
होईन, राजपा निर्वाचनमा भाग लिओस् भन्ने चाहन्छौँ र राजपालाई निर्वाचनमा ल्याउनु पनि पर्छ । राजपा निर्वाचनभन्दा बाहिर रहँदा द्वन्द्वको बिउ रहीरहन्छ । त्यो द्वन्द्वको सानो घाउ भोलि गएर झाँगिन सक्छ । उदारवादी लोकतान्त्रिक धारहरु कमजोर भए भने देशमा अतिवादी धारहरुको हावी हुन्छ । त्यसैले अहिले हामीले उदारवादी लोकतान्त्रिक धारलाई जोगाएर जानु पर्ने हुन्छ । त्यसैले राजपालाई निर्वाचन जानका लागि वातावरणको सिर्जना गर्नुपर्छ । त्यसका लागि एमाले गम्भीर हुन आवश्यक छ । राजपा निर्वाचनमा आएन भने द्वन्द्वको सुरुवात हुन्छ । जसले गर्दा राष्ट्र अशान्त हुन्छ र समृद्धिको बाटोमा देशलाई लैजान सकिँदैन । फाइदा बेफाइदाको हिसाब गर्नु भन्दापनि सबैलाई सबै राजनीतिक दलहरुलाई समेटेर लैजानु पर्छ ।

अहिलेको राजनीतिक गतिलाई हेर्ने हो भने संविधानको सफल कार्यान्वयनका लागि आगामी माघ सम्म अरु दुई निर्वाचन पनि सम्पन्न गर्न सकिन्छ भनेर जनतालाई विश्वस्त पार्न सकिने अवस्था छ ?

अहिलेको स्थिति हेर्ने हो भने भर्खरै आयोग गठन भएको छ । त्यसले क्षेत्र निर्धारण गर्छ र यसको निर्धारण गर्दा १६५ क्षेत्र बनाउने भनेर हामीले भनेका संविधानमा छौँ । प्रदेशको लागि ३ सय ३० जनाको निर्वाचन गर्ने हुन्छ र संघको लागि १६५ जनाको निर्वाचन हुन्छ । यो द्रुत गतिमा हुनपर्छ । होइन भने निर्धारित मितिमा निर्वाचन गराउन सकिदैन कि भन्ने पक्षमा म छु । तर माघ ७ गते कटाउने कुनैपनि दलले सोच्नु पनि हुँदैन । सबै मिलेर माघ ७ भित्र बाँकी रहेको स्थानीय चुनाव, प्रदेशको चुनाव र संघको चुनाव गर्नु पर्छ । संविधान कार्यान्वयनका लागि तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने भएकाले सरकार, निर्वाचन आयोग, राजनीतिक दल लगायत यससंग सम्बन्धित सबैले आ–आफ्नो ठाउँबाट द्रुत गतिमा काम गर्नु पर्छ । त्यसपछि देश समृद्धिको दिशामा जान्छ र राजनीतिक स्थायित्व कायम हुन्छ ।

हामीले माथि नै भनिसक्यौँ, कि प्रदेश नं.को स्थानीय निर्वाचन बाँकी यसैगरी प्रादेशिक संसदीय निर्वाचन पनि बाँकी नै ती तीनवटै निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउनका लागि जनतासम्म गएर हामीलाई भोट दिनुस भन्नका लागि तपाईहरुका प्रमुख एजेण्डाहरु के छन् ? जनताले नेपाली कांग्रेसलाई किन भोट दिने ?

तपाईले एकदमै महत्वपूर्ण प्रश्न उठाउनु भयो । अघिल्लो दुईवटा निर्वाचन (पहिलो र दोस्रो चरण) मा हामी पराजित हुनुको कारण मध्ये एउटा के रह्यो भन्दा हामीले गरेका कामको प्रचारप्रसार गर्न सकेनौँ । जस्तै अहिलेको संविधान नेपाली कांग्रेसकै नेतृत्वमा आएको हो । हाम्रै नेतृत्वमा सबैलाई मिलाएर अहिलेको संविधान जारी भएको हो । तराई मधेसका सम्स्या समाधान गर्नका लागि हामीले संविधानमा दुईवटा संशोधन गयौँ । अहिले पनि अरु विषयमा पनि संशोधन गर्न हामी तयार छौँ । आजसम्म नेपालको जे जती विकास भएको छ, त्यो सबै विकासमा कहीँ न कहीँ हामी जोडिएका छौँ ।

चाहे त्यो सञ्चारको क्षेत्रमा होस् वा शिक्षा, स्वास्थ्य, सडक, यातायातमा यी सबै क्षेत्रमा नेपाली कांग्रेसको नेतृत्व र महत्वपूर्ण भूमिका रहेको छ । विभिन्न जलविद्युत आयोजना कांग्रेसकै नेतृत्वमा बनेका छन् । तर्रामा हुलाकी राजमार्गको सुरुवातकर्ता कांग्रेस नै हो । अहिले मुलूकमा लोडसेडिङ अन्त्य भएको छ । त्यसमा कांग्रेसको विशेष भूमिका रहेको छ । सामाजिक सुरक्षाका कुराहरु पनि नेपाली कांग्रेसकै पालामा सुरु भएका हुन् । र यसको वृद्धिको बारेमा पनि नेपाली कांग्रेसले छलफल गरिरहेको छ । भर्खरै श्रमिक ऐन संसद्मा पारित भएको छ । जसले मजदुरको हक, हितको सुरक्षा गरेको छ । किसान, महिला, आदीवासी जनजाती, उत्पीडित, मधेसी समुदायको लागि आरक्षण र समानुपातिक सहभागिताको काम नेपाली कांग्रेसले गरेको हो । लगायतका थुप्रै काम नेपाली कांग्रेसको पालामा भएका छन् । तरु हामीले आम जनतालाई यी कुराहरु बुझाउन सकिरहेका छैनौँ ।

अहिले देशमा राजनीतिक निकास दिनका लागि राजपासंग निररुन्तर वार्ता भइरहेको छ । संविधान संशोधन पनि नेपाली कांग्रेसले गरेर संविधानको कार्यान्वयन हुने दिशामा अपघ बढेको छ । यतीका काम नेपाली कांग्रेसले गरीसकेपछि कांग्रेसलाई भोट नदिएर अरु कसलाई दिने ? त्यसकारण मलाई के विश्वास छ भने २ नं. प्रदेशका सम्पूर्ण नागरिकले नेपाली कांग्रेसलाई भोट दिन्छन् । र नेपाली कांग्रेसलाई अत्याधिक मतले विजयी गराउँछन् ।

देशलाई समृद्ध बनाउनका लागि नेपाली कांग्रेससंग अब के कस्ता आयोजनाका अवधारणाहरु छन् ?

अस्ती नै हामी २ नं प्रदेशका नेपाली कांग्रेसका केन्द्रिय सदस्य, सांसद, पूर्व सांसद, पूर्व केन्द्रिय सदस्य पार्टी सभापति र २ प्रदेशबाट २०७० सालको निर्वाचनमा कांग्रेसको तर्फबाट निवाचनमा भाग लिएका उम्मेद्वारहरु बसेर छलफल गयौँ । त्यो छलफलले र्दुवटा मुद्दाहरु पास गरेको छ । एउटा अहिलेको अवस्थामा देखिएको राजनीतिक मुद्दा हो । अर्को भनेको विकासका कुराहरु हुन् । पहिले भारतको जयनगरदेखि नेपालको जनकपुर सम्मको रेल थियो । अहिले नेपाली कांग्रेसले मेची महाकाली रेलको अवधारणा ल्याएको छ । बर्दिवासदेखि सिमरासम्म रेल सञ्चालन गर्ने भनेर नेपाली कांग्रेस लागिरहेको छ । र त्यो बनिरहेको पनि छ । त्यस्तै राजश्री जनकपुर विश्वविद्यालय जनकपुरमा स्थापना हुनुपर्छ भनेको छ । त्यस्तै विरगञ्ज विश्वविद्यालय स्थापना हुने भनिएको छ । सुनकोशी मोरिङ डाइभर्सनबाट आठवटा जिल्लामा सिँर्चा आयोजना सुरु हुने भएको छ ।

महोत्तरीको खैरमारा भन्ने ठाउँमा मेलम्चीको जस्तै खानेपानी प्रशोधन केन्द्रबाट तराईका ८ वटा जिल्ला र अन्य गरी १२ वटा जिल्लामा खानेपानी पर्राउने लक्ष्यका साथ नेपाली कांग्र्रसको नेतृत्वमा अघि बढेको छ । त्यस्तै हुलाकी राजमार्ग पनि नेपाली कांग्रेसले अघि सारेको अवधारणा हो । यस्तै राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई अगाडी बढाउने कार्य भइरहेको छ । यस्ता विविध विषयमा चर्चा चलेको छ । लगायतका विकास निर्माणका विविध अवधारणाका साथ नेपाली कांग्रेस अगाडी जान्छ ।