काठमाडौं – आईसीसीले पूर्व भारतीय क्रिकेटर भारुती वेंकटराम (६३) लाई नेपाली क्रिकेट टिमको बलिङ ‘कन्सल्ट्यान्ट’ मा नियुक्त गरेको छ। सिंगापुर र ओमान भ्रमणमा रहने नेपाली क्रिकेट टिमका लागि बलिङ प्रशिक्षकको रूपमा उनी नियुक्त भएका हुन्।


ADVERTISEMENT


मंगलबार नेपाल आएका उनले बुधबारबाट नेपाली खेलाडीहरुलाई प्रशिक्षण दिन सुरु गरेका छन् । यदद्दपी उनको औपचारिक नियुक्ति भने बिहीबार मात्रै हुनेछ । बिहीबार नै सिंगापुर र ओमानमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा हुँदैछ ।


ADVERTISEMENT

# # #


भारतीय प्रथम श्रेणीका क्रिकेटर वेंकटरामसँग झारखण्ड क्रिकेट टिमको प्रमुख प्रशिक्षक भएको अनुभव छ। उनले सन् १९७३ देखि १९९२ सम्म बिहार क्रिकेट टिमबाट खेलेका थिए। प्रथम श्रेणीका ६८ वटा खेल खेलका उनले २१७ विकेट लिएका छन्।

सिंगापुरमा नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी(२० सिरिज खेल्नेछ। असोज दोस्रो साता सुरु हुने सिरिजमा नेपाल, जिम्बावे र आयोजक सिंगापुरले प्रतिस्पर्धा गर्नेछन्। त्यसलगत्तै नेपालले ओमान भ्रमण गर्नेछ।