काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको दिशा र दूरी मापन गर्ने उपकरण बिग्रँदा उडान अवतरण प्रभावित भएको छ। मेसिनमा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाजको अवतरण प्रभावित भएको हो ।


ADVERTISEMENT


दुई घण्टासम्म उपकरण ठप्प भएपछि त्यसको असर एयर ट्राफिकमा देखिएको छ । कतार एयरको जहाज आकाशमै २९ फन्का मारेपनि बल्ल अवतरण गरेको छ । अन्य ६ वटा अन्तर्राष्ट्रिय विमानहरु अवतरणको पर्खाइमा आकाशमै होल्ड भएका छन् ।


ADVERTISEMENT

# # #


मेसिन मर्मतपश्चात विमानस्थल सञ्चालनमा आइसकेपछि त्यसका प्रभाव भने साँझसम्मै पर्ने विमानस्थल स्रोतले जनाएको छ ।