अछाम – कमलबजार नगरपालिकाको कार्यालयमा बम विष्फोट भएको छ ।


ADVERTISEMENT


बिहीबार राति करिब १ बजेको समयमा नगरपालिकाको कार्यालयमा प्रेसर कुकर बम विष्फोट भएको अछाम प्रहरीले जनाएको छ । विष्फोट कसले गरायो भन्नेबारे जानकारी हुन सकेको छैन ।


ADVERTISEMENT

# # #


नगरपालिका कार्यालयको ढोकामा विष्फोट भएको र विष्फोटबाट ठूलो क्षति नभएको अछामका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी)जनकबहादुर शाहीले जानकारी दिनुभयो ।

विष्फोट गराउने समूहको खोजीका लागि प्रहरी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।