रसुवा । पासाङ ल्हामु मार्गको राम्चे–धुन्चे सडक खण्ड सञ्चालनमा आएको छ । १२ दिन देखि बन्द सो सडकमा आज साँझबाट सवारी सञ्चालनमा आएको सांसद मोहन आचार्यले जानकारी दिएका छन् । रसुवा जिल्लाको कालिका गाउँपालिका–१, नागार्दुन क्षेत्रमा गत भदौ २५ गते पहिरो गएपछि सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएपछि रसुवागढी नाका जोड्ने छोटो दुरीको मैलुङ–स्याफ्रु सडक सञ्चालनमा ल्याइएको थियो ।


ADVERTISEMENT


मैलुङ–स्याफ्रु सडक सञ्चालनमा आएपछि यो सडक सञ्चालनमा ल्याउन ठुलो जनशक्ति परिचालन गरिएको थियो । बिहान ६ बजेदेखि राति १० बजेसम्म काम गरेर सडक सञ्चालनमा ल्याउन सफल भएको सांसद आचार्यले बताउनु भयो । आइतबार साँझ सवा ६ बजेबाट सवारी सञ्चालनमा आएको हो । सडक खुलाउन जनप्रतिनिधि सहित प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारी सहितको सुरक्षा निकायको टोली स्थलगत रूपमै खटिएको थियो ।


ADVERTISEMENT

# # #


सडक खुलाउनका लागि सडक डिभिजन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, चालक तथा सहचालक, जनप्रतिनिधि र स्थानीयले सहयोग पुर्याएका थिए । सडक अवरुद्ध भएपछि सामग्रीको आयात तथा निर्यात ठप्प भएको थियो । सडक मर्मत सकिएसँगै१२ दिनदेखि रोकिएका सवारी साधन सञ्चालनमा आएका छन् ।