काठमाडौं । एनसेलका ग्राहकहरुले अब आफ्नै धुन रेकर्ड गरी आफ्नो प्ले ब्याक रिङ टोन (पीआरबीटी)को रुपमा राख्न र अरुलाई सो धुन प्रयोग गर्न आव्हान गर्न सक्नेछन् । साथै धुन बनाउने ग्राहकले आफ्नो धुनलाई विभिन्न सामाजिक सञ्जालमार्फत प्रचार गरी प्रत्येक हप्ता आकर्षक पुरस्कार पनि जित्न सक्नेछन् ।


ADVERTISEMENT


एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि लोकप्रिय सेवा ‘पीआरबीटी आफ्नै धुन’को नयाँ भर्सन ल्याएको हो । यस भर्सनअन्तर्गत ग्राहकले आफ्नै धुन बनाउन, त्यसलाई सामाजिक सञ्जालमा प्रचार गर्न, धुनको प्रत्येक एक्टिभेसनमा बोनस ब्यालेन्स प्राप्त गर्न र प्रत्येक हप्ता नगद पुरस्कार जित्न सक्छन् । यो योजना सोमबारबाट संचालनमा आउँदै छ । प्रत्येक हप्ता सबैभन्दा धेरै एक्टिभेट गरिएको धुनको ग्राहकले नगद तीन हजार रुपियाँ प्राप्त गर्नेछ ।


ADVERTISEMENT

# # #


त्यसैगरी, एक्टिभेसनका आधारमा दोस्रो हुने धुनको ग्राहकले नगद २० हजार पुरस्कार स्वरुप प्राप्त गर्नेछ । विजेताहरुको नाम प्रत्येक हप्ता सोमबार सार्वजनिक हुनेछ । धुन बनाउने ग्राहकले धुनको पहिलो एक्टिभेसन अर्थात धुन सुचारुबापत तीन रुपियाँ बोनस ब्यालेन्स प्राप्त गर्नेछन् । त्यसपछि प्रत्येक १० एक्टिभेसनका हिसाबले तीस रुपियाँ बोनस पाउनेछन् । यसरी प्राप्त हुने बोनस ३० दिनका लागि मान्य हुने र यसबाट एनसेल नेटवर्कभित्र कल, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सकिने एनसेलले जनाएको छ ।

प्रिपेड ग्राहकले यस योजनामा भाग लिनका लागि पहिला १७११७ डायल गरी पीआरबीटी आफ्नै धुन सेवा सुचारु गर्नुपर्दछ । त्यसपछि बढीमा २९ सेकेण्डको आफ्नो धुन रेकर्ड गर्नु पर्दछ । यस पीआरबीटी सेवाका लागि प्रत्येक महिनाको शुल्क १० रुपियाँ (करसहित १२ रुपियाँ ७७ पैसा) रहेको छ । यस योजनामा भाग लिई आफ्नै धुन रेकर्ड गर्ने प्रत्येक ग्राहकहरुले आफ्नो धुनको आईडेन्टिटी कोड र एउटा लिङ्क एसएमएसमा प्राप्त गर्नेछन् । लिङ्कलाई सजिलै कपि गरी फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालहरुमा राखी प्रचार गर्दै अरुलाई आफ्नो धुन पीआरबीटीका रुपमा प्रयोगका लागि आव्हान गर्न सकिन्छ ।