काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मोहम्म्द अफताव आलमले रौतहटका बाढी प्रभावितलाई राहत वितरण गरेका छन् । सांसद आलमले शनिबार रौतहटको राजपुर नगरपालिका-१ पिपरा पुगेर बाढी पीडितलाई राहत प्रदान गरेका हुन् ।


ADVERTISEMENT


जापान प्लाटफर्मको आर्थिक सहयोग तथा पिस विन्डस् जापान र समृद्धिका लागि यथायोग्य कार्यसंस्थाको साझेदारीमा उक्त राहत वितरण गरिएको हो । बाढी प्रभावितलाई राहत प्रदान गर्दै सांसद आलमले बाढीका कारण वर्षेनी तराईवासी आक्रान्त बनेको भन्दै यसको दीर्घकालीन समाधान खोज्न सरकारसंग आग्रह गरे ।


ADVERTISEMENT

# # #


उनले दु:खमा परेका जनताको साथमा आफू व्यत्तिगत र पार्टीको तर्फबाट सँधै साथमा रहेको उल्लेख गरे ।