जनकपुरधाम– प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय जनता पार्टी सहभागी नभएपनि असोज २ का लागि तय भएको प्रदेश नम्बर २ को चुनाव नसर्ने बताएका छन् ।


ADVERTISEMENT


यद्यपि, राजपालाई चुनावमा ल्याउन सरकारले प्रयास गरिरहेको र राजपा चुनावमा सहभागी हुने विश्वास रहेको उनले बताए


ADVERTISEMENT

# # #


जनकपुरधाममा आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले मधेशका मुद्दाको सम्बोधन क्रमशः हुँदै गएका कारण राजपालाई चुनावमा जान वातावरण बनेको बताए । एक प्रश्नको जवाफमा उनले नेपाली काँगे्रस संविधान संशोधन विधेयकलाई पारित गराउन अग्रसर रहेको बताए । प्रधानमन्त्री देउवाले संविधान संशोधनमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी बाधक देखिएको प्रसंग पनि उल्लेख गरे ।

उनले एशियाली विकास बैंकको आयोजनाअन्तर्गत जनकपुरमा भइरहेको सडक र ढल निर्माण कार्यमा सहयोग गर्न जनकपुरवासीसँग आग्रह गरे ।

निर्वाचनमा नेकपा माओवादी केन्द्रलगायत इच्छुक दलसँग काँगे्रस तालमेल गर्ने पक्षमा रहेको पनि उनले स्पष्ट गरे ।