काठमाडौं – प्रतिबन्धित भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले सोमबार साँझ काठमाडौं महानगरपालिका–१४ बल्खुबाट १ लाख ५० हजार प्रतिबन्धित भारुसहित दुईजनालाई समातेको हो ।


ADVERTISEMENT


पक्राउ पर्नेहरुमा भक्तपुर बस्ने भारत बेतिया घर भएका ३० वर्षीय प्रमेन्द्र दास र २८ वर्षीय हर्मेन्द्र दास रहेका छन् । महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले बा.१ ज ७४९१ नम्बरको वीरगंज–काठमाडौं चल्ने टाटा सुमो जिपमा सवार प्रमेन्द्रलाई प्रतिबन्धित ५ सय दरका २ सय थान भारतीय रुपैयाँ र हर्मेन्द्रको साथमा ५ सय दरको १ सय थान गरी उक्त भारतीय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।