राजविराज । नेपाली कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको अन्तिम दिन सप्तरीमा भने नेताहरुको मर्यादा क्रमलाई लिएर भाँडभैलो भएको छ । जिल्ला सभापति दिनेश यादव र सांसद तेजुलाल चौधरीबीच बाझाबाझ मात्र भएन, आफ्नै पार्टीका नेता मञ्चबाटै धकेलेर निकालिएको छ ।


ADVERTISEMENT


राजविराजमा भएको आमसभामा अजय चौरसिया प्रमुख अतिथिका रुपमा निम्त्याइएका थिए । सप्तरीका सांसद चौधरीलाई विशेष अतिथिका रुपमा बोलाइएको थियो । तर कार्यक्रम सञ्चालकले चौधरीभन्दा अगाडि पूर्वराज्यमन्त्री समेत रहेका रामकुमार चौधरीलाई विशेष अतिथिको आसन ग्रहण गराए ।


ADVERTISEMENT

# # #


अरुलाई आसन ग्रहण गराएर मात्र आफ्नो नाम लिएको भन्दै सांसद चौधरीले असन्तुष्टि जनाए । आफूलाई बोलाएर अपमान मात्र गरेको उनको गुनासो थियो । त्यस लगतै यादव पक्षधरका नेताहरुको समूह मञ्चमा उक्लिएर चौधरीसँग विवाद मात्र गरेनन्, धकेलाधकेल गरेर मञ्चबाट निकालेका छन् । यसमा जिल्ला सभापति स्वयंम संलग्न भएको भन्दै केहि नेताहरुले भने, ‘मर्यादाक्रमलाई लिएर सामान्य विवाद भयो ।

चौधरीको समूहले जनआन्दोलन चोकमा छुट्टै कार्यक्रम गरेको छ र, जिल्ला सभापति यादवलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न माग गरेको छ ।