काठमाडौं । नेपाली युवा फुटबल टिमका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले राजीनामा दिएका छन् । साफ यू-१८ च्याम्पियनसिपमा नेपालको खराब प्रदर्शनको जिम्मेवारी लिँदै मुख्य प्रशिक्षक श्रेष्ठले राजीनामा दिएका हुन् ।


ADVERTISEMENT


अखिल नेपाल फुटबल संघ (एन्फा)मा श्रेष्ठले राजीनामा पत्र बुझाएको प्रवक्ता किरण राईले जानकारी दिए ।


ADVERTISEMENT

# # #


अघिल्ला दुई संस्करणमा च्याम्पियन बनेको नेपाल हाल जारी यू(१८ साफ च्याम्पियनसिप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार हलचोकस्थित एपीएफ मैदानमा भएको समूह ‘ए’ को अन्तिम खेलमा भुटानले माल्दिभ्ससँग गोलरहित बराबरी खेलेपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो ।