काठमाडौं – जापान भ्रमणमा रहेका उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र जापानका मन्त्रीहरूबीच द्विपक्षीय भेटवार्ता भएको छ । मन्त्री पुनले आज जापानका संसदीय, परराष्ट्र उपमन्त्री नोरुहिरो नाकायामा, कृषि, वन तथा मत्स्यपालन राज्यमन्त्री योसिताका ईतोसंग भेटवार्ता गरेका हुन् ।


ADVERTISEMENT


द्विपक्षीय भेटमा नेपाल–जापान सम्बन्ध र सहयोगका विषयमा छलफल भएको छ । मन्त्री पुनसंग नेपाल–जापान संसदीय मैत्री समूहका अध्यक्ष तथा लिबरल डेमोक्राटिक पार्टीका महामन्त्री तोसिहिरो निकाइ सहितको ८ सदस्यीय संसदीय टोलीले समेत छलफल गरेको छ ।


ADVERTISEMENT

# # #


उर्जा र जलविद्युत् लगायतका क्षेत्रमा लगानी आकर्षित गराउने उद्देश्यका साथ चार दिने जापान भ्रमणमा रहेका मन्त्री पुनले विभिन्न कार्यक्रममा सहभागी जनाइ रहेका छन् । छुट्टाछुट्टै भेटवार्तामा मन्त्री पुनले दुई देशको मैत्रीपूर्ण सम्बन्ध, जापानले नेपालका विभिन्न क्षेत्रमा गरेको सहयोग र लगानीको खुलेर प्रशंसा गरेका छन् । उनले नेपालमा जापानी प्रविधि र लगानी भित्र्याउन समेत आह्वान गरे ।

बैठकमा मन्त्री पुनले ४ सय १७ मेगावाट क्षमता रहेको नलगाड जलविद्युत आयोजनामा समेत लगानीको लागी आग्रह गरेको जानकारी दिए ।
जापानी सहयोग नियोग९जाइका० को निमन्त्रणामा जापान भ्रमणमा रहेका मन्त्री पुनले बिहिवार जाईकाका कार्यकारी उपाध्यक्षसंग नलसिंहगाड जलविद्युत आयोजनालाई अघि बढाउने विषयमा द्धिपक्षिय छलफल गर्ने कार्यक्रम छ ।

जापानी उपमन्त्री नोरुहिरो नाकायामाले नेपालमा गरिने लगानी र सहयोगमा बढोत्तरी गरिने प्रतिबद्धता जनाएका छन् । जापानका सम्राटको राज्यभिषेक कार्यक्रममा नेपालबाट राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुनेबारे थाहा पाउंदा खुशी लागेको उनले बताए ।

राज्यमन्त्री ईतोले नेपालको सिंचाइ र कृषि क्षेत्रमा प्राविधिक र आर्थिक सहयोग बढाउन जापान तयार रहेको बताए। उच्चस्तरीय भेटवार्तामा मन्त्री पुनसंगै जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतको उपस्थिति थियो । मन्त्री पुन नेतृत्वको टोली असोज १० गते स्वदेश फर्किने कार्यक्रम छ ।