सिन्धुली । एसएसपी सन्दिप भण्डारी आफ्नो कर्मलाई चलायमान बनाईरहन्छन् । संविधान दिवसको अवसरमा समेत उनले ३ नं. प्रदेश प्रहरी तालिम केन्द्रमा बृक्षारोपण गरेका छन् । उनको नेतृत्वमा केन्द्रमा सयौं नयां बिरुवाहरु रोपिएको छ ।


ADVERTISEMENT


केन्द्रको प्रमुखका रुपमा सिन्धुली गएसंगै नयाँ नयाँ काममा तल्लिन भण्डारी संविधान आएको दिनमा बृक्षारोपण गर्दै ऐतिहाँसिक संविधान समेत झाँगिएर जानुपर्ने धारणा राखेका छन् ।


ADVERTISEMENT

# # #


प्रकृतिलाई बँचाउनका लागि जसरी हरियाली र रुख बिरुवा जोगाउनु पर्छ त्यसरी नै देशको प्रगति र विकासका लागि समेत संविधानको कार्यान्वयनमा सबै जिम्मेवार बनेर लाग्नुपर्नेमा एसएसपी भण्डारीको जोड छ ।

आफ्नो कर्तव्य र जिम्मेवारीलाई सतप्रतिशत पुरा गर्न प्रयासरत रहने बताउँदै सबै देशप्रेमीहरुले मातृभूमिका लागि आ आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न उनले आग्रह छ ।