काठमाडौं, फागुन १८ । केन्याविरुद्धको खेलको तयारीका क्रममा भारतमा रहेको नेपालले दोस्रो अभ्यास खेलमा राजवाडा क्रिकेट टिममाथि ८३ रनको जित हात पारेको छ ।
ग्रेटर नोयडामा टस हारेर पहिले व्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २४७ रन बनायो ।ओपनिङ जोडी ज्ञानेन्द्र मल्ल र सुनिल धमलाले राम्रो सुरुवात दिलाए । उनीहरुले पहिलो विकेटका लागि ९३ रनको साझेदारी गरे ।


ADVERTISEMENT


पहिलो विकेटका रुपमा सुनिल ४४ रनमा आउट भए । शरद भेषावकर ७ र सागर पुन १७ रनमै पभेलियन फर्किए ।चौथो विकेटका रुपमा ज्ञानेन्द्र आउट हुँदा नेपालको स्कोर १८२ रन थियो । उनी मात्र ५ रनले शतक बनाउन चुके ।


ADVERTISEMENT

# # #


लगतै अर्को बलमा विनोद भण्डारी आउट भए । आरिफ शेखले २४ रन बनाए भने दिपेन्द्र सिंह ऐरी २ रनमै पभेलियन फर्किए । बसन्त रेग्मी १२ रनमा अविजित रहे ।राजवाडाका सुशील खत्री र माधुर खत्रीले समान २।२ विकेट लिए ।

२४८ रनको विजयी लक्ष्य पछ्याएको राजवाडा ३७।३ ओभरमा १६४ रन बनाउँदा अलआउट भयो । उसका लागि माधुर खत्रीले ४२ रन बनाए भने अशोक सिंहले ३३ रन जोडे । अन्य ब्याट्सम्यान भने चल्न सकेनन् ।

राजवाडालाई सस्तैमा समेट्ने क्रममा सन्दिप लामिछाने, सागर पुन र सोमपाल कामीले २(२ विकेट लिए भने करण केसी र अभिनाश कर्णले १(१ विकेट दिए ।विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीमा रहेको नेपालले पहिलो खेलमा राजवाडासँग हारेको थियो ।