काठमाडौं । नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले जम्मु–कास्मिरको विषय भारतको आन्तरिक मामिला भएको बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘भारतको आन्तरिक मामिलामा कुनै पनि देशको टाउको दुख्नुपर्ने कारण छैन ।’


ADVERTISEMENT


नीति अनुसन्धान प्रतिष्ठान र नेसनल ल कलेजद्वारा आयोजित ‘आर्टीकल ३७० अफ दि कन्सिच्युसन अफ इन्डियाः परसेप्सन एण्ड रियालिटी’ शीर्षकको अन्तरक्रिया कार्यक्रममा राजदूत पुरीले संविधानको धारा ३७० सबै प्रक्रिया पुर्याएर सार्वभौम संसदबाट पारित भएको बताए ।


ADVERTISEMENT

# # #