काठमाडौं । मुलुक संघीय संरचनामा गएसँगै सरकारले सबै स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा पुर्‍याउने योजना बनाएको थियो । उक्त योजना साकार पार्न राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई शाखा विस्तार गर्न निर्देशन दियो ।


ADVERTISEMENT


आर्थिक वर्ष २०७३र७४ मा नै राष्ट्र बैंकले दिएको निर्देशन आर्थिक वर्ष २०७६र७७ सम्म आइपुग्दा बैंकहरुले पूरा गर्नै आँटेका छन् । राष्ट्र बैंकका अनुसार कुल ७५३ स्थानीय तहमध्ये २०७६ साउनसम्म ७३७ तहमा वाणिज्य बैंकको शाखा पुगेको छ ।


ADVERTISEMENT

# # #


सरकारी योजना अनुसार हालसम्म प्रदेश नम्बर ५ मा सबै स्थानीय तहहरुमा बैंक पुगेका छन् । सो प्रदेशका १०९ स्थानीय तहमध्ये सबैमा बैंकका खुलेका हुन् । अन्य प्रदेशहरुमा भने अझै केही स्थानीय तह बैंकविहिन छन् ।

प्रदेश नम्बर १ मा १३७ स्थानीय तहहरु छन् । तीमध्ये १३६ तहमा बैंक पुगिसकेका छन् । एउटा स्थानीय तहमा मात्र बैंक छैन । प्रदेश नम्बर २ मा भने २ वटा स्थानीय तह वाणिज्य बैंकविहिन छन् । प्रदेश २ का १३६ स्थानीय तहहरु मध्ये १३४ स्थानीय तहमा वाणिज्य बैंक पुगेका छन् । प्रदेश ३ का पनि २ स्थानीय तहहरुमा वाणिज्य बैंकको शाखा पुग्न सकेका छैनन् । प्रदेश ३ मा ११९ मध्ये ११७ तहमा बैंकका शाखा पुगेका छन् ।

गण्डकी प्रदेशकका ८५ स्थानीय तहहरु मध्ये ८४ स्थानीय तहहरुमा बैंकका शाखा पुगिसकेका छन्, एउटामा मात्रै पुग्न सकेका छैनन् । कर्णाली प्रदेशमा ७९ स्थानीय तहहरुमध्ये ७५ स्थानीय तहहरुमात्रै वाणिज्य बैंक पुगेका छन् । बाँकी ४ वटा स्थानीय तहमा वाणिज्य बैंक पुगेका छैनन् । सुदुरपश्चि प्रदेशमा ६ तहमा बैंक पुगेका छैनन । राष्ट्र बैंकका अनुसार त्यहाँ ८८ मध्ये ८२ स्थानीय तहमा बैंक पुगेका छन् ।

आर्थिक वर्ष २०७६र७७ को पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरुको संख्या ८ हजार ८०५ पुगेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । शाखा संख्या २०७६ असार मसान्तमा ८ हजार ६ सय ८६ थियो । एक महिनामै एक सय ९ वटा थपिएका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७६ साउन मसान्तमा १७१ रहेको छ । यसअनुसार २८ वाणिज्य बैंक, २९ विकास बैंक, २३ वित्त कम्पनी, ९० लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका छन् ।