महेन्द्रनगर । ग्रामिण क्षेत्रमा रहेका महिलालाई आत्मनिर्भर बनाउन लघुवित्त कार्यक्रम सञ्चालन गर्दै आएको फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तिय संस्थाले एक परिवारलाई दुई लाख कर्जा मिनाहा गरिदिएको छ ।


ADVERTISEMENT


फरवार्डको धनगढी, कञ्चनपुर बेलौरी नगरपालिका कलकत्ता शाखाबाट एक महिना अघि रु दुई लाख कर्जा लिएकी कालीकुमारी चौधरीको अकस्मात निधन भएकोले संस्थाले उनले लिएको कर्जा मिनाहा गरिदिएको हो । भने मृत्यू दावीको विमा रकम समेत हस्तान्तरण गरेको छ ।


ADVERTISEMENT

# # #


फरवार्डका धनगढी इलाका प्रमुख सञ्जयकुमार चौधरीका अनुसार गत भदौ ८ गते संस्थाबाट कालीकुमारी चौधरीले रु २ लाख कर्जा लिएकी थिइन् । सामान्य आर्थिक अवस्था भएकी कालीकुमारीको कर्जा लिएको ११ दिन अर्थात भदौ १९ गते नै अकस्मात निधन भएको थियो ।

मजदुरी खेतिकिसानी गरेर जिविकोपार्जन गर्दै आइरहेको कालीकुमारीको परिवारले फरवार्डबाट कर्जा लिएर उद्यमशिल हुने योजना बनाएको थियो । घरपरिवारकी हर्ताकर्ता नै असामयिक निधन भएपछि परिवारलाई ऋण कसरी तिर्ने चिन्ताले छोपेको अवस्थामा फरवार्डले उनीहरुलाई मल्हम लगाइदिएको छ ।

‘उहाँले कर्जा लिनुभएको एक महिना पनि भएको थिएन । अकस्मात उहाँको निधन भइदियो यो देखेर हामीले सामाजिक उत्तरदायित्व अन्र्तगत कर्जा मिनाहा गरिदिएका हौं ।’ धनगढी इलाका प्रमुख सञ्जयकुमार चौधरीले भने ।

आज शुक्रबार फरवार्डका धनगढी इलाका प्रमुख, कलकत्ता शाखा प्रमुख प्रदीप चौधरी र अर्का कर्मचारी दिनेश विश्वकर्मा सहित गएर मृतक कालीकुमारी चौधरीका श्रीमान सुन्दरराम चौधरीलाई १२ हजार क्रिया खर्च समेत प्रदान गर्दा चौधरी परिवार भावविह्वल भए । फरवार्डबाट ऋण लिएर केहि गर्ने सोच बनाएकी कालीकुमारीका एक छोरा र एक छोरी छन् ।

सुनसरीको दुहवीमा मुख्य कार्यालय रहेको फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तिय संस्थाले देशका ४० भन्दा बढि जिल्लाहरुमा महिलाहरु लक्षित लघुवित्त कार्यक्रम सञ्चालन गरिरहेको छ ।

महिलाहरुलाई आर्थिक रुपमा बलियो बनाउन सके समाज र घरपरिवारबाट हुने महिला हिँसा समेत कम गर्न सकिन्छ भनेर सामाजिक, आर्थिक तथा राजनीतिक सचेतना दिँदै आएकी नेकपाकी केन्द्रिय सदस्य तथा पूर्वराज्य मन्त्री भगवती चौधरीको नेतृत्वमा रहेको फरवार्डले देशभर अढाईलाख महिला माझ लघुवित्त कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।