काठमाडौँ – कप्तान पारस खड्काले शतक हानेपछि नेपालले सिंगापुरमा जारी त्रिकोणत्मक टी-२० सिरिजमा नेपालले पहिलो जित हात पारेको छ । शनिबार आयोजक सिंगापुरलाई नेपालले ९ विकेटले पराजित गरेको हो ।


ADVERTISEMENT


सिंगापुरको इण्डियन एशोसियसन क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५१ रन बनायो । १५२ रनको चुनौति पच्छ्याएको नेपालले १६ ओभरमा एक विकेट गुमाउँदै १५४ रन बनायो ।


ADVERTISEMENT

# # #


नेपालाई शानदार जित दिलाउने क्रममा कप्तान पारस र आरिफ शेखले १४.३ ओभरमा नटआउट १४५ रनको साझेदारी गरे । पारस खड्काले नटआउट १०६ रन हाने । त्यसक्रममा उनले ५२ बलमा ७ चौका र ९ छक्का ठाके । यस्तै आरिफ शेखले नटआउट ३९ रन बनाए । उनले ३८ बलमा ५ चौका हाने । यस्तै इशान पाण्डे ५ रनमा आउट भए ।

सिंगापुरका लागि जनक प्रकाशले एक विकेट लिए ।

यसअघि नेपालले सिंगापुरको पहिलो विकेट सुरुमा नै लिएको थियो । तर टिम डेभिडले कप्तानी पारी खेले एस चन्द्रमोहनसँग ३५ रनको साझेदारी गरेका डेभिडले मनप्रित सिंहसँग ४५ रनको साझेदारी गरे । यस्तै चौथो विकेटका लागि अविजित ४९ रनको साझेदारी गरे ।

डेभिड ६४ रनमा अविजित रहे । नेपालका कारण केसीले २ र सुशन भारीले एक विकेट लिए ।

सिररिजको पहिले खेलमा जिम्बाब्बेसंग हार ब्यहोरेको नेपाललाई सिंगापुरविरुद्धको जितसंग केही राहत मिलेको छ । नेपालले अर्को खेल मंगलबार जिम्बाब्बेसंग खेल्नेछ ।