काठमाडौँ – प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महराले पदबाट राजनीनामा दिएका छन् । यौन दुर्व्यवहारको आरोप लागेपछि महराले मंगलबार उपसभामुखसमक्ष पदबाट राजीनामा दिएका हुन् ।


ADVERTISEMENT


सभामुख महराले घटनाको निष्पक्ष छानबिनका लागि अनुसन्धानमा सहयोग पुर्याउनका लागि राजीनामा पत्र दिएको बताएका छन् । यद्दपी उनले सभामुखबाट मात्रै राजीनामा दिएका हुन् या सांसदबाट पनि राजीनामा दिएका हुन् खुलाइएको छैन । उनले छानबिन नसकिँदासम्मको लागी मात्रै राजीनामा दिएको बताएका छन् ।


ADVERTISEMENT

# # #


उनले राजीनामा पत्रमा भनेका छन्, ‘हिजोदेखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनि नैतिकताका आधारमा आजैका मितिदेखि छानबिन प्रक्रिया नसकिँदासम्म राजीनामा दिएको छु ।’

आजै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले महरालाई राजनीनामा दिन निर्देशन दिएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको केन्द्रीय कमिटीको बैठकले महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिएर घटनाको अनुसन्धानका लागि सघाउन आग्रह गरेको थियो।

संसदकी एक कर्मचारीले सभामसख महराले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । पीडित महिलाको दाबी अनुसार सभामुख महरा शनिबार राति ७ बजेतिर ती महिलाको कोठामा आएर यौन दुर्व्यवहार गरेका थिए ।