गरिमा विकास बैंकले आर्थिक वर्ष २०७५र७६ मा चौथो त्रैमासमा ५९ करोड २२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।


ADVERTISEMENT


अघिल्लो आवमा ४६ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएकोमा २६.३३ प्रतिशतले बढेको हो । बैंकको खुद नाफा आर्जनबाट नियामकीय व्यवस्था अनुरुप विभिन्न शीर्षकको जगेडा कोष व्यवस्था पश्चात बैंकले ४५ करोड ३१ लाख १२ हजार रुपैयाँ वितरण योग्य नाफा (फ्रि प्रोफिट) आर्जन गरेको छ ।


ADVERTISEMENT

# # #


बैंकले कूल ५९ करोड २२ लाख रुपैयाँ खुद नाफा गरेकोमा ४५ करोड ३१ लाख १२ हजार रुपैयाँ वितरण योग्य नाफा छ । एनएफआरएस रिपोर्ट अनुसार बैंकले विभिन्न शीर्षक अन्तर्गत साधारण जगेडामा ११ करोड ८४ लाख, संस्थागत समाजिक उत्तरदायित्वमा ५९ लाख २२ हजार, कर्मचारी तालिम खर्च २१ लाख ४ हजार तथा नेपाल राष्ट्र बैंकको विनियम अनुसारको रेगुरेटरी संयोजनमा १ करोड २६ लाख ७२ हजार रुपैंया छुट्टाएको छ ।

गत आर्थिक वर्षको नाफाबाट बैंकले शेयरधनीलाई १६.२५ प्रतिशत लाभांश वितरण गर्न सक्ने अवस्था देखिन्छ । राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको व्यवस्था पश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्छ ।

गत वर्ष शेयरधनीलाई १० प्रतिशत बोनस वितरणबाट चुक्ता पूँजी २ अर्ब ७८ करोड ८३ लाख रुपैयाँ पुर्याएको बैंकको प्रतिशेयर आम्दानी पनि १४.८१५ बढेर २१ रुपैयाँ २४ पैसा पुगेको छ ।

बैंकको जगेडा कोष २५,२९५ बढेर ४९ करोड ८८ लाख पुगेको छ भने शेयर प्रिमियम ९७ हजार रुपैंया छ । बैंकले ग्राहकबाट २९ अर्ब ७६ करोड निक्षेप संकलन गरी २८ अर्ब २० करोड कर्जा लगानीबाट १ अर्ब ४० करोड खुद ब्याज आम्दानी गरेको छ ।

समीक्षा अवधिमा बैंकको ग्राहक निक्षेप ५०.८६ प्रतिशत र कर्जा प्रवाह ५१.२८ प्रतिशतले बढाउँदा ब्याज आम्दानीमा ३७.६५ प्रतिशतको सुधार भएको हो ।
बैंकको इम्परिमेन्ट चार्ज २३ प्रतिशत बढेर ९ करोड ३५ लाख , व्यक्तिगत खर्च ४९.६७ प्रतिशतले बढेर ४२ करोड ५१ लाख रुपैयाँ तथा अन्य सञ्चालन खर्च ५७.७९ प्रतिशतले बढेर २५ करोड ४७ लाख रुपैयाँ पुगेको छ ।

वित्तीय अनुपातहरुमा निष्क्रिय कर्जा अनुपात ०.२७ बाट घटेर ०.२० प्रतिशत, प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ९६ पैसाबाट बढेर १३५ रुपैयाँ ४६ पैसा, प्रतिसेयर आम्दानी १४.८१ प्रतिशतले २१ रुपैंया २४ पैसा तथा कर्जा निक्षेप अनुपात १.५८ प्रतिशतले बढेर ७७.९१ प्रतिशत पुगेको छ ।

बैंकको आधार ब्याजदर १.०१ प्रतिशतले घटेर ११.०९ प्रतिशत, पुंजी कोष अनुपातको ४.९३ प्रतिशतले घटेर १४.४० प्रतिशत कोष लागत ०.२९ प्रतिशतले घटेर ८.६९ र ब्याज स्प्रेड दर १.०१ प्रतिशतले घटेर ४.८१ प्रतिशत छ ।