काठमाडौं-जिल्ला अदालत काठमाडौंले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ। मंगलबार अदालत न्यायाधीश दीपककुमार दाहालले महरालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।


ADVERTISEMENT


महराले एक कर्मचारीलाई बलात्कारको प्रयास गरेको भन्दै १९ असोजमा बालुवाटारस्थित सरकारी निवासबाटै पक्राउ परेका थिए। यसअघि १० दिन हिरासतमा बसेकाले थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तम सुवेदीले बताए।


ADVERTISEMENT

# # #