काठमाडौँ – बलात्कार अभियोगमा प्रहरी हिरासतमा रहेका पूर्वसभामुख कृष्ण बहादुर महरालाई अनुसन्धानका लागि थप पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।


ADVERTISEMENT


काठमाडौं जिल्ला अदालतमा न्यायाधीश बाबुराम सुवेदीको इजलासले कात्तिक २ गतेदेखि लागू हुने गरी ५ दिन थुनामा राख्ने आदेश दिएको हो । श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार महराको बयान लिन बाँकी रहेकाले पाँच दिन म्याद थप गरिएको हो ।


ADVERTISEMENT

# # #


यसअघि प्रहरीले महरामाथि अनुसन्धान गर्न १३ दिन म्याद लिएको थियो ।

आफूलाई बलात्कार गर्न प्रयास गरेको र त्यसको प्रतिवाद गर्दा आफूमाथि हिंसा गरेको भन्दै संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले प्रहरीमा उजुरी दिएकी थिइन्।

चौतर्फी आलोचना भएपछि महराले सभामुखको पदबाट राजीनामा दिएका थिए तर सांसदको पदबाट भने राजीनामा दिएनन्।

प्रहरीले अनुसन्धानका लागि दोस्रो पटक ७ दिनको म्याद मागे पनि अदालतले ५ दिनमात्र दिएको हो ।