Author: Himalaya Post

बिपीको समाजवादको बाटामा काँग्रेस सदैव क्रियाशील रहने छ : सभापति देउवा

काठमाडौँ – नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाले देखाएको लोकतान्त्रिक समाजवादको बाटोमा काँग्रेस सदैव क्रियाशील रहने उल्लेख गरेका छन् । प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको ३८औँ स्मृति दिवसका अवसरमा आज उनले बिपीप्रति श्रद्धासुमन व्यक्त गर्दै लोकतान्त्रिक समावजादको बाटो अंगालेर विकास, न्याय र समानताको बाटोमा काँग्रेस अग्रसर रहने बताएका छन् । यसैगरी काँग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले बिपीले नैतिकता बिनाको राजनीतिले कहीँकतै पु¥याउँदैन भन्ने गरेको स्मरण गर्दै राजनीतिमा पहिलो अनिवार्य योग्यता नै नैतिकता भएको उल्लेख गरेका छन् । उनले राष्ट्रियता र प्रजातन्त्र एक अर्काका पूरक भएको र राष्ट्र हित चाहने...

Read More

यूएईद्वारा मंगल ग्रहमा यान प्रक्षेपण

दुबई — संयुक्त अरब इमिरेट्सले (यूएई) ले पहिलो मिसनअन्तर्गत मंगल ग्रहमा एक यान प्रक्षेपण गरेको छ । ‘होप’ नाम दिइएको मिसनले जापानस्थित तनेगसिमा अन्तरिक्ष केन्द्रबाट एचटू–ए रकेटमार्फत प्रक्षेपण गरिएको हो । उक्त मिसनले करिब ५० करोड किलोमिटर दूरी तय गरेपछि मंगल ग्रहको मौसम र जलवायुबारे अध्ययन गर्ने जनाइएको छ । यसअघि गतसाता गरिएका दुइटा प्रयास खराब मौसमका कारण स्थगित भएको जनाइएको थियो । यूएई स्थापनाको ५० औं वार्षिकोत्सव अर्थात् सन् २०२१ को फेब्रुअरीमा होप मंगल ग्रहमा पुग्नेछ । ‘होप’ मिसनको नेतृत्व गरिरहेकी सराह अल अमिरीले रकेट पूर्ण सफलताका साथ प्रक्षेपण भएको भन्दै खुसी व्यक्त गरिन् । अमिरी यूएईको वैज्ञानिक परिषद्को अध्यक्ष तथा विज्ञान राज्यमन्त्री हुन् ।...

Read More

धनगढीमा प्रदेश मन्त्रालय अगाडि राखिएका तीन वटा बम निष्क्रिय

धनगढी — धनगढीका विभिन्न तीन ठाउँमा मंगलबार बिहान भेटिएका प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । धनगढीस्थित सुदूरपश्चिम सरकारको सामाजिक विकास मन्त्रालयको गेट बाहिर, आर्थिक मामिला तथा योजना र भौतिक पूर्वाधार विकास मन्त्रालय अगाडि र प्रदेशसभा नजिक पार्कमोडमा प्रेसर कुकर बम फेला परेको थियो । कैलालीकै लम्कीचुहा नगरपालिको कार्यालय अगाडि पनि सोही प्रकारको बम भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतीक बिष्टले...

Read More

सप्तकोसीमा पानीको बहाव उच्च, कोसी ब्यारेजका ४८ वटा ढोका खोलियो

राजविराज — सप्तकोसी नदीमा मंगलबार बिहानबाट बाढी उर्लिएको छ । पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका ५६ मध्ये ४८ वटा ढोका खोलिएको छ । मंगलबार बिहान ५ बजेको मापनअनुसार कोसी ब्यारेज भएर ३ लाख २९ हजार ३ सय ८० क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भइरहेको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ । कोसी ब्यारेज भएर भइरहेको यो बहाव यो वर्षको सबैभन्दा बढी हो । मंगलबार बिहानको बहावले खतराको सतह पार गरेकोले तटीय क्षेत्रमा सर्तक रहन स्थानीय प्रशासनले आग्रह गरेको...

Read More

कन्काईको बाढीले बाँध फुटायो, १०५ घर डुबानमा

बिर्तामोड — लगातारको वर्षापछि कन्काई नदीमा आएको बाढीले झापा गाउँपालिकास्थित जनताको तटबन्ध भत्काएको छ । तटबन्ध भत्काएर गाउँ पसेको बाढीले गाउँपालिकाको दुई वटा बस्ती डुबानमा पारेको छ । गाउँपालिकाको वडा नम्बर १ स्थित मिलनबस्तीका ८३ घर र २ नम्बर वडास्थित सडकबारीका २२ घर डुबानमा परेका हुन् । सोमबार दिउँसोदेखि डुबानमा परेका १०५ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । मिलनबस्तीका ८३ परिवारलाई स्थानीय सितुमारी प्राथिमा तथा सडकबारीका २२ परिवारलाई स्थानीय लक्ष्मी प्राविमा राखिएको थियो । बस्तीमा पानीको मात्रा केही घटेकाले मिलनबस्तीका ६० परिवार भने मंगलबार बिहान घर फर्किएको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले जानकारी दिए । मिलनबस्तीका २१ परिवार भने घर फर्किन सक्ने अवस्था नरहेको उनले...

Read More