Author: Himalaya Post

विश्वकप फुटबलः साउदीका ३ खेलाडी ठूलो कारबाहीमा पर्न सक्ने

काठमाडौं–विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा साउदी अरेबियाले आयोजक रसियासँग ५–० को लज्जास्पद हार सामना गर्यो । साउदीले कम्तीमा पनि बराबरी वा झिनो अन्तरले पराजित हुने अपेक्षा राखेको थियो । तर, विश्वकप इतिहासमै ठूलो अन्तरको हार सामना गरेपछि साउदी अरेबियाका तीन खेलाडी ठूलै कारबाहीमा पर्न सक्ने अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । साउदी अरेबिया फुटबल संघका प्रमुख अडेल इजाटले खुला रूपमा विश्वकप खेलिरहेका तीन खेलाडी कारबाहीमा पर्न सक्ने जनाएका छन् । रंगशालामा राजकुमार लज्जित उद्घाटनमा साउदीका राजकुमार मोहम्मद विन सलमानले अति नै भिआइपी बक्समा बसी प्रतिस्पर्धा हेरेका थिए । फिफाका अध्यक्ष तथा रसियन राष्ट्रपति भ्लादिमिर पुटिनसँगै राजकुमार सलमानले फुटबलको मजा लिए...

Read More

सँखुवासभामा ढिस्कोले पुरीएर चारजनाको मृत्यु

खाँदबारी– संखुवासभामा निर्माणाधिन अरुण तेश्रो जलविद्युत आयोजनाको सुरुङ खन्ने क्रममा ढिस्कोमा पुरीएर चार कामदारको मृत्यु भएको छ । जिल्लाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा ४ जना कामदारको गएराती ज्यान गएको हो । मृत्यु हुनेमा कालिकोट सिउना गाउँपालिका –४, का प्रदिप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका –१, का प्रेम परियार, भारत झारखण्डका बुधन मुण्डा र भारत बिहारका नन्द किशोरको रहेको डीएसपी श्यामकुमार सारु मगरले बताएका छन् । शाही र परियार मजदुर थिए भने मुण्डा अपरेटर र नन्द किशोर इलेक्ट्रोनिक मिस्त्री थिए । मृतकको शव जिल्ला अस्पताल खाँदबारी ल्याने तयारी भईरशेको डीएसपी मगरले बताएका छन्...

Read More

पाँचथरमा तीनवटा विद्युुत् आयोजना अन्तिम चरणमा

फिदिम–पाँचथरको विभिन्न खोलामा निर्माणाधीन तीनवटा जलविद्युुत् आयोजनाको काम अन्तिम चरणमा पुुगेको छ । काबेली बी वान, इवाखोला र तल्लो हेवाखोला जलविद्युुत् आयोजनाको काम तीन महिनाभित्रमा पूरा हुुने भएको हो । ती जलविद्युुत् आयोजनाको काम पूरा भएपछि ५७. १ मेगावाट बिजुुली उत्पादन हुुने छन् । – आजको अन्नपुर्ण...

Read More

कोरियन प्रहरी अधिकृत बनिन् नेपालकी सम्झना राई

सोल–दक्षिण कोरियाको प्रहरीमा पहिलो पटक नेपाली मूलकी कोरियन महिला भर्ती भएकी छिन् । प्रहरीको बाह्र विभागमध्ये अन्तर्राष्ट्रिय मामिला विभागमा भोजपुरमा जन्मेर कोरियनसँग विहे गरेकी सम्झना राई भर्ती भएकी हुन् । २८ वर्षीय राई कोरियन प्रहरीमा जागिर खाने पहिलो नेपाली महिलासमेत हुन् । सन् २०१० मा नेपाल भ्रमण आएका कोरियन युवासँग प्रेममा परेकी राई त्यसै वर्ष भिजिट भिषामा कोरिया प्रवेश गरेकी थिइन् । भिजिट भिषामा प्रवेश गरेसँगै वैवाहिक बन्धनमा बाँधिएकी राईले छल्नाम्दोस्थित छुसन विश्वविद्यालयमा प्रहरी प्रशासनसम्बन्धी संकायमा भर्ना भएर अध्ययन पनि पुरा गरेकी हुन् । – आजको अन्नपुर्ण...

Read More

आज अर्जेन्टीना र आइसल्याण्ड भिड्दैः सबैको नजर मेसीमा

काठमाडौं–विश्व फुटबलका सुपर स्टार लियोनेल मेसीको कप्तानीमा अर्जेन्टीनाले आफ्नो वर्ल्ड कपको शुरुवात शनिबार (आज)बाट गर्दैछ । फिफा विश्व कपमा पहिलो पटक खेल्दै गरेको आइसल्याण्डको विरुद्ध धमाकेदार शुरुवात गर्ने लक्ष्यका साथ अर्जेन्टीना मैदानमा उत्रदैछ । मास्कोको स्पार्टक स्टेडियममा यो खेल नेपाली समय अनुसार शनिबार ६ः४५ मा हुने छ । बार्सिलोनाका स्टार लियोनल मेसी अहिलेसम्म आफ्नो देशलाई कुनै पनि ठूलो उपाधि दिलाउनका लागि असफल भएका छन् । अर्जेन्टिनाले अघिल्लो संस्करणमा पनि उपबिजेतामा चित्त बुझाउनु परेको थियो । अहिलेको विश्व कपमा अर्जेन्टीना तेस्रो पटक विश्वकप जित्ने लक्ष्यकासाथ रुस पुगेको छ, भने सवैको नजर मेसीमा परेको छ । विश्व कपको ग्रुप ‘डी’ मा...

Read More