Author: Himalaya Post

काठमाडौँ उपत्यकाको तापक्रम ३३ डिग्री पुग्यो

काठमाडौँ – नेपालमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोसी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ । काठमाडौँ उपत्यकाको आजको तापक्रम पुनः बढेर ३३ डिग्री सेल्सियस पुगेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । विगत केही दिनयतादेखि यहाँको तापक्रम बढ्दै गइरहेको उनले बताइन् । मौसमविद् मानन्धरले उनले भनिन् “नेपालमा अहिलेसम्म मनसुन भित्रिएको छैन, भारतमा आज मात्रै भित्रिएको छ । मनसुन नेपाल आइपुग्न अझै एक हप्ता लाग्ने भएकाले तापक्रम अझै बढ्न सक्छ...

Read More

सन्दीपलाई भिसा दिन अमेरिकाद्वारा फेरि पनि अस्वीकार

काठमाडौँ – काठमाडौँस्थित अमेरिकी राजदूतावासले नेपाली राष्ट्रिय क्रिकेट टोलीको खेलाडी सन्दीप लामिछानेलाई भिसा दिन फेरि पनि अस्वीकार गरेको छ । गत साता अमेरिकाको भिसा अस्वीकृत भएपछि सन्दीपले भिसाका लागि पुनः निवेदन दिएका थिए । सोही अनुसार दूतावासले सन्दीपलाई आज अन्तर्वार्ताका लागि बोलाएको थियो । तर, अन्तर्वार्तापछि दूतावासले फेरि पनि भिसा दिन अस्वीकार गरेको हो । यसअघि सन्दीपले भिसा पाउनुपर्ने भन्दै केही समर्थकले प्रदर्शन गरेका थिए भने सरकारले समेत भिसाका लागि सहजीकरण गरिदिन भन्दै अमेरिकी राजदूतावासलाई पत्राचार गरेको थियो । तर दोस्रो पटक भिसा अस्वीकृत भएसँगै आगामी जुन १ देखि अमेरिका र वेष्ट इण्डिजमा हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा सन्दीवको सहभागिता थप कठिन बनेको छ । नाबालिका बलात्कारको अभियोग लागेका सन्दीपलाई उच्च अदालत पाटनले जेठ पहिलो साता सफाइ दिएको थियो । सफाई पाएसँगै नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई विश्वकप टोलीमा समावेश गर्न निलम्बन फुकुवा गरेको थियो भने आईसीसीबाट स्वीकृति समेत लिएको थियो । तर, अमेरिकाको भिसा नपाएपछि सन्दीपको यात्रा रोकिएको छ...

Read More

सत्ता समीकरणमा कुनै समस्या छैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता समीकरणमा कुनै समस्या नभएको बताएका छन् । बिहीबार काठमाडौंमा जनसांस्कृतिक महासङ्घ नेपालको आठौँ राष्ट्रिय सम्मेलन उदघाटन गर्दै प्रधानमन्त्री प्रचण्डले राजनीतिक परिस्थिति र घटनाक्रममा उतारचढावजस्तो देखिए पनि वर्तमान सत्ता समीकरणमा कुनै समस्या नभएको बताएका हुन् । उनले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढिरहेको स्पष्ट पारे । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा साहित्य, कला र संस्कृतिको क्षेत्रलाई उच्च प्राथमिकता दिँदै सोहीअनुरूप बजेट विनियोजन गरेको उनले बताए । उनले समुदायसँगको सहकार्यमा पुराना बस्ती भएका स्थानमा संग्रहालय स्थापना गरिने र राजतन्त्रदेखि गणतन्त्रसम्मको अभिलेख रहने गरी ऐतिहासिक संग्रहालय निर्माण गर्ने लगायतका महत्वपूर्ण कार्यक्रमहरु बजेटमाा समावेश गरिएको जानकारी दिए । उनले आफूले भन्दै आएको ध्रुवीकरणको कुरा समाजवादसंग नै सम्बन्धित रहेको जिकिर गरे । उनले सामन्तवादी संस्कृतिले खडा गरेका रुढीवाद, अन्धविश्वास, अन्धभक्ति एवं साम्राज्यवादी संस्कृतिले खडा गरेको शून्यवाद, उपभोक्तावाद र उत्तरआधुनिकतावादी चिन्तन र दृष्टिकोणका विरूद्ध समाजवादी संस्कृतिको जग बसाल्नु नै आजको मुख्य कार्यभार भएको बताए...

Read More

एसिड आक्रमण पीडितलाई एक महिनाभित्र क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई निर्देशन

काठमाडौँ – प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले एसिड आक्रमण पिडीतलाई निवेदन प्राप्त भएको एक महिनाभित्र क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले तेजाव वा अन्य रसायनिक जैविक वा विषालु पदार्थ प्रयोग गरी रुप बिगार्ने समेतका अपराधमा पीडित भएका व्यक्तिलाई निवेदन आएको एक महिनाभित्र क्षतिपूर्ति उपलब्ध गराउन कानुन मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति किरण कुमार साहले जानकारी दिए । बैठकले एसिड आक्रमण पीडितलाई अदालतबाट फैसला हुदाको बखतको तोकिएको रकम र फैसला पछि निजले उक्त तेजावसंग सम्बन्धित विषयमा उपचार गर्दा लाग्ने खर्च क्षतिपूर्ति सम्बन्धी मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गरि निर्णय गर्नुपर्ने भए सो समेत गरी अपराध पीडित क्षतिपूर्ति राहत कोषबाट प्राप्त गर्ने गरी व्यव्स्था गर्न समेत निर्देशन दिएको सभापति साहले बताए । बैठकमा एसिड आक्रमण पीडित सांसद विन्दबासिनी कंसाकारले तेजाब आक्रमण भएवापत आफूले पाउनुपर्ने रकम नपाएको र उपचार गर्दा घरको आर्थिक अवस्था नाजुक अवस्थामा पुगेको बताइन् । उनले अदालतले १ करोड १४ लाख दिनु भन्ने फैसला गरेपनि कसले दिने भन्ने स्पष्ट नहुदा आफू थप पीडामा परेको गुनासो गरिन् । आफ्नो उपचार गर्दा आफ्नो एउटा घर लिलाम भएको र अर्को लिलाम हुने प्रक्रियामा परेको उनले बताइन् । उनले आफ्नो बैंक खाता समेत फ्रिज हुँदा अहिले बस्दै आएको घरको भाडा समेत तिर्न नसकेको उल्लेख गरिन् । कंसाकारले आफूले न्याय पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । बैठकमा कानुनमन्त्री पदम गिरीले सांसद कंसाकारको बिषयमा आफू निकै गम्भीर भएको भन्दै हरहालतमा क्षतिपूर्ति दिलाएरै छाड्ने प्रतिवद्धता जनाए । निकै भावुक...

Read More

तथ्यमा आधारित बजेट ल्याउँदा धेरै आलोचना भएन : अर्थमन्त्री पुन

काठमाडौँ – अर्थमन्त्री वर्षमान पुनले तथ्यमा आधारित भएर बजेट बनाउँदा अधिकांश क्षेत्र र सरोकार भएकाले स्वीकार गरेका बताएका छन् । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)ले आयोजना गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमाथिको छलफल कार्यक्रममा उहाँले सरोकार भएका सबै क्षेत्रबाट सन्तुलित बजेट आएको भनेर प्रतिक्रिया पाइरहेको बताए । “बजेटमा अलिअलि आलोचना स्वाभाविक हो । केही ठाउँबाट आलोचना पनि भएका छन् । अधिकांश क्षेत्रले बजेट सन्तुलित आएको प्रतिक्रिया दिएका छन्”, अर्थमन्त्री पुनले भने । तथ्यमा आधारित भएर बजेट बनाउँदा अधिकांश क्षेत्र र सरोकार भएका निकायले स्वागत गरी स्वीकार गरेका उनको भनाइ छ । बजेटले उत्पादन तथा उद्योगलाई संरक्षण गर्नेतर्फ ध्यान दिएको अर्थमन्त्री पुनले बताए । पछिल्लो समय सार्वजनिक वित्त व्यवस्थापनमा समस्या देखिएको उनको भनाइ छ । “आन्तरिक ऋणको मात्रा बढिरहेको छ । यस्तो अवस्थामा स्रोत जुटाउनु चुनौतीपूर्ण भएको छ । चालु खर्च घटाउने र पुँजीगत खर्च बढाउनेतर्फ सबैले सोच्नुपर्ने बेला आएको छ”, उनले भने । कृषि, पर्यटन, सूचना प्रविधि, ऊर्जालगायत प्राथमिकता पाएका क्षेत्रले आर्थिक वृद्धिमा मुख्य भूमिका खेल्नुपर्नेमा अर्थमन्त्री पुनले जोड दिए । आर्थिक ऐनमार्फत करका दर हेरफेर गर्दा आवश्यकता र औचित्य हेरिएको उनले दाबी गरे । उनले स्टिल उद्योगले प्रयोग गर्ने कच्चापदार्थ ‘स्पन्ज आइरन’ र ‘बिलेट’मा करका दर हेरफेर गर्दा टिप्पणी आउने सम्भावना थियो भन्दै विभिन्न सरकारी अध्ययनको आधारमा ती वस्तुमा करको दर हेरफेर गरिएको बताए । “स्पन्ज आइरनका विषयमा तरङ्ग आउँछ भन्ने लागेको थियो, आयो पनि । यो विषय अध्ययन र छलफल गरी ल्याएका हौँ”, अर्थमन्त्री पुनले भने,...

Read More