Author: Himalaya Post

बेरुजु न्यूनीकरण र फछर्यौटको रणनीतिक कार्ययोजना पेश गर्न लेखा समितिको निर्देशन

काठमाडौँ – प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले बेरुजु न्यूनीकरण र फछर्यौट गरी आर्थिक तथा वित्तीय सुशासन सुनिश्चित गर्ने गरी रणनीतिक कार्ययोजना मस्यौदा तयार गरी पेश गर्न महालेखापरिक्षकको कार्यालयलाई निर्देशन दिएको छ । सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले बेरुजुको अंश बढ्दै जादा वित्तीय अराजकताको सन्देश प्रवाह भइरहेकाले बेरुजु न्यूनीकरण र कायम भएको बेरुजुलाई शीघ्र फछर्यौट गरि आर्थिक अनुशासन र बित्तीय सुशासन एवं उत्तरदायित्वको सुनिश्चित गर्ने गरि रणनीतिक कार्ययोजनाको मस्यौदा तयार गरि समितिमा पेश गर्न निर्देशन दिएको हो । बैठकले प्रारम्भीक लेखापरीक्षणको प्रतिवेदनमा औलाइएका बेरुजुका सम्बन्धमा बेरुजुको सूचना प्राप्त भएको ३५ दिनभित्र र उक्त अवधिभित्र फछर्यौट तथा सम्परीक्षण गराउन नसक्ने कारण...

Read More

नेपालको अर्थतन्त्रको केन्द्र रेमिट्यान्स बनेको छ : महामन्त्री थापा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको अर्थतन्त्रको केन्द्र वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्स बनेको बताएका छन्। नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले आज यहाँ आयोजना गरेको ‘बधाई, शुभकामना तथा धन्यवाद’कार्यक्रममा उनले नेपालको अर्थतन्त्रको मुख्य माध्यम वैदेशिक रोजगारबाट प्राप्त ‘रेमिट्यान्स’ भएको बताएका हुन्। ‘वैदेशिक रोजगारमा गएका श्रमिकले दुःख गरेर पठाएको रकमबाट नेपालको अर्थतन्त्र चलेको छ, मुलुकको अर्थतन्त्रको मुख्य माध्यम वैदेशिक रोजगारमा गएका नेपालीको श्रम बनेको छ,’ उनले भने । महामन्त्री थापाले प्रत्येक वर्ष झण्डै पाँच लाख नेपालीलाई रोजगारी आवश्यक परे पनि देशले रोजगार दिन नसकेका कारण विदेशिनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको उल्लेख गरे । आगामी एक दशक नेपालका लागि वैदेशिक रोजगार यथार्थ भएको उनको भनाइ थियो । पूर्वमन्त्रीसमेत रहेका थापाले विसं २०४६ को परिवर्तनपछि तत्कालीन गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारको पालमा निजी क्षेत्रबाट धेरै उद्योगधन्दा सञ्चालन भए पनि दशवर्षे जनयुद्ध र देशको राजनीतिक अस्थिरताका कारण बन्द भएको जिकिर गरे । महामन्त्री थापाले नेपाली कांग्रेसको सङ्गठन विस्तारमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको ठूलो भूमिका रहने बताए । पार्टीले वैदेशिक रोजगारीको क्षेत्रमा नीति बनाउँदै गर्दा एशोसिएसनले महत्त्वपूर्ण राय, सल्लाह सुझाव दिने महामन्त्री थापाले अपेक्षा गरे । उनले वैदेशिक रोजगार व्यवसायका सम्बन्धमा देखिएका समस्या समाधान गर्नका लागि पार्टी लाग्ने विश्वास व्यक्त गरे । वैदेशिक रोजगार व्यवसायलाई मर्यादित, व्यवस्थित, पारदर्शी, मान र सम्मानका साथ सञ्चालनमा लाग्न उनले व्यवसायीलाई आग्रहसमेत गरे । तमु संघ नेपालका अध्यक्ष भुवनसिंह गुरुङले वैदेशिक रोजगार व्यवसायलाई संरक्षण गर्ने गरी सरकारले नीति बनाउनुपर्ने बताए । उनले...

Read More

एकीकृत समाजवादी वर्तमान सत्ता समीकरणमै छ : प्रधानमन्त्री प्रचण्ड

विराटनगर – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी) वर्तमान सत्तासमीकरणमै रहेको बताएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग आज बिहान कुराकानी भएको र उनी वर्तमान सत्तासमीकरणकै पक्षमा रहेको स्पष्ट पारे। फरक प्रसंगमा प्रधानमन्त्री दाहालले सरकारले यही जेठ १५ गते प्रस्तुत गरेको आर्थिक वर्ष ०८१–८२ को बजेटमा विराटनगरमा चक्रपथ निर्माण, चिकित्साशास्त्र कलेज सञ्चालनलगायत कार्यक्रमसहित कोशी प्रदेशको मागलाई सम्बोधन गरिएको बताए। बजेटमा उत्पादन, उपादकत्व र रोजगारी सिर्जनालाई प्राथमिकता दिइएको प्रधानमन्त्री दाहालको भनाइ थियो। नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले मधेश प्रदेशमा वर्तमान समीकरणभन्दा बाहिर गएर सरकार निर्माण नहुने धारणा...

Read More

‘सेवा लिन घण्टौँ लाममा उभिनुपर्ने दिन गए’

गण्डकी – एक समय यस्तो पनि थियो, कास्कीको यातायात व्यवस्था कार्यालय (सवारी)मा सवारीसाधन दर्ता प्रमाणपत्र (ब्लूबुक) नवीकरणका लागि घण्टौँ लाममा उभिनुपर्थ्यो । चारवटा लाइन पार गरेपछि बल्ल सेवाग्राहीले पालो पाउँथे । लाममा उभिँदाउभिँदै समय घर्के अर्को दिन कुर्नुपर्थ्यो । बोझिलो र झण्झटिलो सेवा प्रवाहबाट सेवाग्राही आजित थिए । पछिल्लो समय सो कार्यालयमा सेवा लिन जाने सेवाग्राहीले पहिलेको झैँ सास्ती व्यहोर्नुपर्दैन । सेवा प्रवाहको अवस्थामा सुधार आएको छ । राज्यले दिने सार्वजनिक सेवालाई व्यवस्थित र प्रविधिमैत्री बनाउँदा कति फरक पर्छ भन्ने एउटा उदाहरण उक्त कार्यालय पनि बनेको छ । सो कार्यालयबाट मोटरसाइकल नामसरी र नवीकरणको काम २० मिनेटमा सिध्याएर घर फर्किएको म्याग्दीको बेनी नगरपालिका–२ का नारायण थापाले राससलाई बताए । “पहिले चारवटा लाइनमा तीन–चार घण्टा उभिएपछि बल्ल पालो आउँथ्यो, अहिले एकद्वार प्रणालीबाट सबै काम भयो”, उनले भने, “कर तिर्न बैंक जानुपर्ने, भौचर ल्याएर कार्यालयमा बुझाउनुपर्ने झण्झट पनि हटेको छ ।” कार्यालय प्रमुख डिल्लीराम रिजालका अनुसार उक्त कार्यालयमा दैनिक सरदर सात सय जनाले सेवा लिने गर्छन् । यसमध्ये सवारीसाधन नवीकरण गर्न आउनेको सङ्ख्या झण्डै पाँच सय हुन्छ । “नवीकरण प्रक्रियालाई छरितो बनाइएको छ, सफ्टवेयर प्रणालीबाट करको हिसाब हुन्छ, २०६० सालयताका सबै करका दरलाई सफ्टवेयरमा राखिएको छ”, उनले भने, “१५/२० मिनेटभित्रैमा ब्लू बक नवीकरणको काम हुन्छ ।” पहिले कर तोक्न, बैङ्कमा भौचर जम्मा गर्न, सवारी दर्ता प्रणालीमा दर्ता गर्न र नवीकरणका लागि गरी चारठाउँमा लाइन बस्नुपर्ने बाध्यता थियो । कार्यालय प्रमुख रिज्यालले सवारीसाधनको दर्ता तथा नवीकरणको प्रकृयालाई पनि चुस्त बनाइएको बताए ।...

Read More

भन्सार छलीबाट आउने मोबाइल प्रतिबन्ध गर्न माग

काठमाडौँ – नेपाल मोबाइल व्यवसायी महासंघले भन्सार छलीबाट आउने मोबाइलमा प्रतिवन्ध लगाउनुपर्ने जनाएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले भन्सार छलीबाट मोबाइल भित्रदा राज्यलाई अर्बौं रुपैयाँ राजस्व नोक्सानी भइरहेको र व्यवसायीहरुलाई पनि असर परिरहेको भन्दै भन्सार छलीबाट आउने मोवाइलमा प्रतिवन्ध लगाउनुपर्ने जनाएको हो । महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईले वार्षिक एक अर्ब ८० करोड रुपैयाँ बराबरको मोबाइल सेट नेपालमा विदेश भ्रमणमा जाँदा र आफन्तहरुले विदेशबाट पठाउँदा आइरहेको बताए । त्यस्तै, खुल्ला सीमानबाट राजश्व छली गरेर प्रति महिना पाँच हजार पाँच सयका दरले नेपालमा आइरहेको महासंघको तथ्याङ्क छ । राज्यले भन्सार छलीबाट आउने यस्ता प्रकारका मोबाइल सेटहरुमा प्रतिबन्ध लगाउनुपर्ने उहाले माग गरे । त्यस्तै उनले यस किसिमका कारोबारको अन्त्य गर्न सरकारले तत्काल एमडीएमएस प्रणाली लागू गर्नुपर्नेमा जोड दिए । महासंघले जेठ २५ गते दोस्रो महाधिवेशन तथा तेस्रो साधारण सभा आयोजना गरिएको जानकारी गराएको छ । महाधिवेशनले अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष ७, महासचिव, सचिव २, कोषाध्यक्ष, सहकोषाध्यक्ष गरी १४ जना पदाधिकारी र वरिष्ठ सदस्य एक जना र ३४ जना केन्द्रीय सदस्य चयन गर्ने महासंघको भनाइ छ...

Read More