Author: Himalaya Post

कृषि मन्त्रालयका लागि ५७ अर्ब २९ करोड विनियोजन

काठमाडौँ – सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५७ अर्ब २९ करोड विनियोजन गरेको छ । मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त जानकारी दिएका हुन् । अर्थमन्त्री पुनका अनुसार स्वदेशमै बढी दूधालू क्षमता भएका पशु उत्पादन गर्न गाई भैँसीमा नश्ल सुधारका लागि ३८ करोड बिनियोजना गरिएको छ । यस्तै पशुपन्छीमा हुने रोग नियन्त्रणका लागि खोप उत्पादन र सेवा सञ्चालनका लागि ४० करोड रुपैयाँ विनियोजन गरिएको छ । यस्तै उखु खेतीका लागि किसानलाई प्रोत्साहन गर्न २ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरिएको छ भने साना किसानको बाली तथा पशुपन्छीको बीमाको प्रिमियम अनुदानका लागि १ अर्ब ६५ करोड छुट्याइएको छ । कृषि अनुसन्धान तथा विकासका लागि ३ अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरिएको मन्त्री पुनले बताए...

Read More

बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पुन (LIVE)

काठमाडौँ – अर्थमन्त्री पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट भाषण सुरु गरेका छन् । अर्थमन्त्री पुनले मंगलबार संघीय संसदको संयुक्त बैठकमा बजेट भाषण गरिरहेका छन् । प्रत्यक्ष...

Read More

मन्त्रिपरिषद् बैठकद्वारा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट पारित

काठमाडौँ – मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८१८२ को बजेट पारित गरेको छ । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको बैठकले बजेट पारित गरेको हो । बजेट पारित भएसँगै अर्थमन्त्री वर्षमान पुनले आजै बस्ने संघीय संसदको संयुक्त बैठकमा बजेट पेश गर्नेछन् । बैठक ३ः१५ बजे बस्नेछ...

Read More

गणतन्त्रको घाम अस्ताउनु हुन्न!

काठमाडौं : निरंकुशताको विरोध र लोकतन्त्र स्थापनाका लागि सङ्घर्षको इतिहास लामै भए पनि नेपालको गणतान्त्रिक यात्रालाई त्यति लामो भन्न मिल्दैन। तर सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि हुँदै आएका अभ्यास, स्थापना गरिएका संरचना र संयन्त्रहरूलाई क्रमशः अगाडि बढाउने प्रयत्न भने हुँदै आएका छन्। नेपालमा लोकतान्त्रिक आन्दोलनको इतिहास र पृष्ठभूमिलाई हेर्दा शुरुदेखि नै यसभित्र दुईटा धार वा दुईटा पाटा रहेको कुरालाई देख्न वा बुझ्न सकिन्छ। एउटा राष्ट्रवादी धार रहेको छ, जसले मुलुकको स्वतन्त्रता, स्वाधीनता, अण्डता र राष्ट्रिय स्वाभिमानको पक्षको दृढतापूर्वक पक्षपोषण गर्छ, प्रतिनिधित्व गर्छ वा नेतृत्व गर्छ। यही अडान र मान्यता बोकेर यस धारले कुनै पनि प्रकारका बाह्य हस्तक्षेपप्रति असहमति राख्छ वा...

Read More

गणतन्त्रको फलमा असिना पर्न नदिन कवि पराजुलीको अविराम लेखन

“पर्दा बेग्लै झ्याल उही खोपडी बेग्लै ख्याल उही जिब्रो बेग्लै र्‍याल उही छाला बेग्लै स्याल उही सत्र साल भाग दुई !” लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि अनेक दुःख र दमन सहेर सडक–सडकमा पुगेर चेतनायुक्त कविताका स्वर घन्काउनेमध्येमा कवि अर्जुन पराजुली छुटाउन नमिल्ने नाम हो। आन्दोलनको सफलता र परिवर्तनपछि पनि भूइँ तहका जनताको आवाजलाई व्यङ्ग्य चेतसहित सशक्त र सरल कविता प्रवाहको उनको यात्रा अविरल बगिरहेको छ। खराब प्रवृत्तिलाई आफ्ना शब्दका माध्यमबाट ताकेर प्रहार गर्ने उनका कलमले भ्रष्टाचार, कुशासन, विकृति र विसङ्गतिका पहाडहरुलाई हल्लाइरहेको हुन्छ। जनताको विकास र समृद्धिको चाहनालाई पूरा गर्ने सङ्कल्प बोकेर चुनावमा होमिएका र जितेर शासन सत्तामा पुगेकाहरुले बाचाअनुसार काम नगरेको वा गर्न नचाहेको देखेर होला कवि पराजुलीका कलम नरोकिएका हुन्। उस्तै परे दिनमा दुई/तीन वटासम्म व्यग्ङ्य कविताका हस्तलिखित तस्बिर उनले सामाजिक सञ्जालबाट सार्वजनिक गर्दै आएका छन्। ती रचनाहरुमाथि क्रिया–प्रतिक्रिया र चर्चाको क्रम चलिरहेको हुन्छ। समालोचक प्रा डा रामप्रसाद ज्ञवालीले ‘जनमत’ साहित्यिक मासिक पत्रिकामा २०६३ असोजमा लेखेका छन्, ‘कवि अर्जुन पराजुली जीवन भोगाइले घनीभूत भएर, अनुभूतिले परिपक्व भएर बनेका स्रष्टा हुन्। कुनै वाद वा सिद्धान्त पढेर, त्यसबाट प्रभावित भएर वा त्यसप्रतिको प्रतिबद्धता र अभिप्रेरणाले नभई आफ्नै जीवन सङ्घर्षको सम्प्रेषणले बनेका कविका रूपमा उनलाई लिनुपर्छ।’ आर्थिक रूपमा विपन्न परिवारमा जन्मेका अर्जुन पराजुली अन्धविश्वास, अज्ञानता र कुरीतिहरूको आदर्श बोकेको पछौटे समाजमा जन्मी, कुटो कोदालो, घाँस, वन जङ्गल, दाउरा, मेलापातको ग्रामीण परिवेशमा, धार्मिक आडम्बर बोकेको आध्यात्मिक परिवेशमा, दुई छाक खानका निम्ति कल्पिनुपर्ने अवस्थामा बाल्यकाल बिताएर हुर्केका व्यक्ति हुन्। यिनै दुःख, दर्द, अभाव,...

Read More