Author: Himalaya Post

भारतीय सहयोगमा डिल्लीबजारस्थित पद्मकन्या माविको छात्रावास भवन निर्माण

काठमाडौँ – भारतीय सरकारको सहयोगमा काठमाडौंको डिल्लीबजारस्थित श्री पद्मकन्या माध्यमिक विद्यालयको मंगलादेवी सिंह मेमोरियल छात्रावास भवनको निर्माण सम्पन्न भएको छ । नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत ३.२३६ करोड नेपाली रुपैयाँ आर्थिक सहयोगमा निर्माण गरिएको उक्त भवनको सोमबार जिल्ला समन्वय समिति, काठमाडौंका प्रमुख सन्तोष बुढाथोकी र भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाश कुमार सिंहले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । ३९ वटा कोठा भएको चार तल्ले उक्त भवनमा भान्सा कोठा, डाइनिङ्ग हल, भण्डार कक्ष, वार्डेन कक्ष, गार्ड कक्ष, अतिथि कक्ष, कार्यालय कक्ष, पुस्तकालय, बहुउद्देश्यीय हल, प्रतीक्षालय, ग्रीन रुम, लन्ड्री, शौचालय, स्नानघर, सोलार ब्याकअप सिस्टम लगायतको सुविधा रहेको छ । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो । यस परियोजनाको कार्यान्वयन जिल्ला समन्वय समिति, काठमाडौंमार्फत गरिएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति, काठमाडौंका प्रमुख, राजनीतिक प्रतिनिधि र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले प्राथमिकताका क्षेत्रमा भारत सरकारले पुऱ्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि राम्रो आवासीय सुविधा तथा गुणस्तरिय शिक्षा प्रदान गर्न विद्यालयको नयाँ भवन उपयोगी हुनुका साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्ने पद्मकन्या माध्यमिक विद्यालयले विश्वास व्यक्त गरेको छ । साथै शिक्षाको विकासमा पनि योगदान पुऱ्याउनेछ । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षकरशिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो । सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास...

Read More

महान्यायाधिवक्ता पोखरेल र गृहमन्त्री लामिछानेविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौँ – नेपाल सरकारका महान्याधिवक्ता दिनमणि पोखरेल र उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सोमबार अधिवक्ता अनुप भट्टराईले महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री रवि लामिछानेलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् । रिटमा विपक्षी उपप्रधानमन्त्री तथा गृहमन्त्रीले धारण गरेको जिम्मेवारीले अनुसन्धान प्रक्रियामा अनुचित प्रभाव र प्रतिकुल असर पार्ने र प्राकृतिक न्यायको सिद्धान्त विपरीत समेत रहने भन्दै अनुसन्धान प्रक्रिया चलिरहेको अवस्थामा गृहमन्त्रीको पदबाट निजलाई निलम्बन गर्न अन्तरिम आदेश वा उपयुक्त आदेश माग गरिएको छ...

Read More

कुनै व्यक्ति पाँच वर्ष प्रधानमन्त्री हुनु नै राजनीतिक स्थायित्व हैन : रास्वपा प्रमुख सचेतक परियार

नेपालमा गणतन्त्रको सुरुआत भएको डेढ दशक बढी भइसकेको छ । संविधान सभाले २०६५ जेठ १५ गते दुई सय ४७ वर्षदेखिको राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य गरी गणतन्त्र स्थापना गर्यो । मुलुकमा अझै पनि राजनीतिक स्थिरता कायम हुन सकेको छैन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको प्रमुख सचेतक परियारको बुझाइमा भने राजनीतिक स्थायित्व कुनै अमुक व्यक्ति पाँच वर्ष प्रधानमन्त्री हुनु र नहुनुसँग सरोकार हुँदैन । नीति, दर्शन एवं राजनीतिक विचार र बुझाइमा स्थायित्व हुनु नै राजनीतिक स्थायित्व हो । नयाँ दलले पुराना दललाई प्रतिस्थापन गर्दै लग्नु प्राकृतिक स्वभाव भएको बताउँदै प्रमुख सचेतक परियार पछिल्लो समय सङ्घीय संसदमा देखिएको गतिविधिलाई पुराना दलले नयाँ दलका लागि छोड्न नमान्दा देखिएको घर्षणको रूपमा चित्रण गर्छन् । उनी स्वयं राजनीतिक दलहरूमा नै संविधानमा भएको व्यवस्थाप्रति स्वामित्व र सम्मानको आवश्यकता समेत औंल्याएका छन् । राजनीतिक परिवर्तनले जबसम्म सामान्य नागरिकको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्दैन, तबसम्म राजनीतिक परिवर्तन दिगो र संस्थागत नहुने उनको धारणा छ । गणतन्त्रको डेढ दशकमा राजनीतिक व्यवस्था परिवर्तनको उपलब्धलाई महसुस गराउन सामाजिक जड्ताहरू चिर्दै अघि बढ्नुपर्नेमा उनको जोड छ । प्रस्तुत छ, १७ औँ गणतन्त्र दिवसका सन्दर्भमा रास्वपाका प्रमुख सचेतक परियारसँग राष्ट्रिय समाचार समिति (रासस) ले लिएको अन्तर्वार्ताको सम्पादित अंश: मुलुकमा गणतन्त्र स्थापना भएको डेढ दशकको अवधिलाई उपलब्धिका हिसाबले तपाईंंले कसरी लिनुभएको छ ? नेपाली समाजको लामो सङ्घर्ष, राजनीतिक पार्टीहरूले समाज रूपान्तरण गर्नका लागि जुन किसिमका सङ्घर्षहरू गरे, त्यसको हामीले गणतन्त्र नेपाल पाएका छौँ । समाज परिवर्तन निरन्तर प्रक्रिया हो । गणतन्त्र...

Read More

सरकारले माग सम्बोधन गरेन, आन्दोलनलाई निरन्तरता दिन्छौँ : अध्यक्ष लिङ्देन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले आफूहरुको माग सम्बोधन नगरेको भन्दै आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ । सोमबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकपछि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राप्रपाले पार्टीले अघि सारेको ४० बुँदे मागका बारेमा प्रधानमन्त्रीलाई पुन: ध्यानाकर्षण गराउने र आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको हो । बैठकले भ्रष्टाचार लगायतका जनजीविकाको मुद्दामा समेत आन्दोलन गर्ने निर्णय गरेको छ । गिरीबन्धु टी स्टेटको जग्गा प्रकरणमा ठूलो धनराशिको अपचलन भएका कुराहरु बाहिर आइरहेको अवस्थामा नीतिगत निर्णयको आवरण र कानुन नै परिवर्तन गरी हुने भ्रष्टाचारजन्य क्रियाकलाप छानबिनको दायरामा ल्याउन समेत माग गर्ने निर्णय गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । उनले विपक्षीको विरोधकाबीच जबरजस्त संसद चलाउने कदमको विरोध गर्ने निर्णय भएको बताएका हुन् । बैठकले प्रतिपक्षीको मागलाई वेवास्ता गर्दै जवरजस्त संसद चलाउनु र धमाधम आफू खुसी निर्णयहरु गर्दै जानु संसदीय मूल्यमान्यता र परम्परा विपरित रहेको ठहर गरेको उनको भनाइ छ । अध्यक्ष लिङ्लनले पार्टीका सांसद गीता बस्नेतलाई अदालतमा उपस्थित भएर सफाइ पेश गर्न पनि निर्देशन दिएको जानकारी दिए । बैठकले राजनीतिक कार्यपत्र, महासचिव र कोषाध्यक्षको प्रतिवेदन सुझावसहित पारित गरेको उनले बताए । बैठकले गत पाँच वर्षमा कृषि अनुदानका नाममा तीन तहको सरकारले एक खर्ब रुपैयाँ वितरण गरेको त्यसको श्वेतपत्र जारी गर्न माग गरेको छ भने किसानलाइ समयमा नै मल विउ प्राप्त हुने व्यवस्था गर्न पनि माग गरेको छ...

Read More

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ – यो साता कारोबारको दोस्रो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ९३ अङ्कले बढेर दुई हजार एक सय १३ दशमलव २७ को बिन्दुमा कायम भएको हो । आज विभिन्न तीन सय १७ कम्पनीको ९३ लाख ३० हजार दुई सय ९५ कित्ता शेयर ५८ हजार चार सय ८३ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ८९ करोड ३७ लाख ६४ हजार एक सय ६४ बराबरको कारोबार भएको छ । आज बैङ्किङ समूह शून्य दशमलव ७४, होटल तथा पर्यटन समूह शून्य दशमलव ४९ र निर्जीवन बीमा समूह शून्य दशमलव...

Read More