Author: Himalaya Post

बंगलादेशमा आँधीका कारण मृत्यु हुनेको संख्या १० पुग्यो, ३० हजार घर पूर्ण रूपमा क्षतिग्रस्त

ढाका – बंगलादेशमा आएको आँधीका कारण मृत्यु हुनेको संख्या कम्तीमा १० पुगेको छ भने ३० हजारभन्दा बढी घर भत्किएका वा पूर्ण रूपमा क्षतिग्रस्त बनेका अधिकारीले बताएका छन् । आँधीले दशौँ हजार घरमा आंशिक क्षति पुर्‍याएको स्थानीय अधिकारीहरूले सोमबार बताएका छन् । बरिसाल जिल्लाका सरकारी प्रशासक शौकत अलीले भने, “अधिकांशको मृत्यु ढलेको घर वा पर्खाल भत्किँदा भएको थियो । तीनजनाको छिमेकी जिल्लामा डुबेर मृत्यु भएको छ ।” आइतबार राति ‘रेमाल’ नाम दिइएको चक्रवातले तटीय क्षेत्रमा भीषण आँधीबेहरी र छालहरू ल्याएको थियो ।सोमबार दिउँसोसम्म यो कमजोर भए पनि हावाहुरी र वर्षाले तटीय क्षेत्रमा अझै असर पारेको छ । “चक्रवातका कारण भारी वर्षा भइरहेको छ र हावाको गति पनि उच्च छ,” अलीले भने । सरकारी प्रशासक हेलाल महमुदका अनुसार खुलान जिल्लामा दुईजनाको मृत्यु भएको छ । उनले भने, “चक्रवातले एक लाख २३ हजारभन्दा बढी घरमा क्षति पुर्‍याएको छ र तीमध्ये करिब ३१ हजार घरमा पूर्णरुपमा क्षति पुगेको छ ।” चित्तागोङ्ग ९चटगाँव० का प्रशासक तोफाएल इस्लामले भने, “चटगाँवमा एक व्यक्तिको मृत्यु भएको छ, जहाँ ४० हजारभन्दा बढी मानिस अझै पनि भारी वर्षा र तीव्र हावाका कारण सुरक्षित आश्रयस्थलमा छन् ।” बंगलादेशको सबैभन्दा ठूलो सरकारी विद्युत् वितरण कम्पनी बंगलादेश ग्रामीण विद्युतीकरण बोर्डका प्रमुख इञ्जिनियर विश्वनाथ सिकदर आँधीका कारण चटगाँव क्षेत्र पूर्णरूपमा विद्युतविहीन बनेको छ । उनले भने, “आँधीले एक करोड २५ लाखभन्दा बढी मानिसले उपभोग गर्दै आएको विद्युत् आपूर्ति बन्द भएको छ । चक्रवातको अवस्थामा सुधार आएपछि हामी विद्युत आपूर्ति सुचारु गर्नेछौँ ।”...

Read More

ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै

खोटाङ – जिल्लाको ऐँसेलुखर्क गाउँपालिका-३ बजारमा निर्माणाधीन १५ शय्याको पालिकास्तरीय अस्पतालको अन्तिम चरणमा पुगेको छ। लिफ्ट सुविधासहितको अपाङ्गमैत्री अस्पतालको भवन आगामी दसैँअघि हस्तान्तरण गर्ने योजनासहित निर्माणलाई तीव्रता दिइएको ठेकेदार कम्पनीले जनाएको छ। निर्माणाधीन अस्पताल भवनको भुइँतलामा इमरजेन्सी (आकस्मिक कक्ष), ल्याब र ऐक्स-रे सेवा, पहिलो तलामा शल्यक्रिया (अप्रेशन) र ओपिडी (बहिरङ्ग) सेवा, दोस्रो तलामा वार्ड (शय्या) र प्रशासन तथा अन्तिम तलामा भण्डारण र क्लिनिङ (औजार सफा गर्ने ठाउँ) हुने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा उल्लेख छ। एघार महिनामा सम्पन्न गर्नेगरी भ्याटसहित १९ करोड ३० लाख ४४ हजार एक सय ६४ लागतमा श्यामसुन्दर-गोरखा-तुवाचुङ जेभीले अस्पताल निर्माणको जिम्मा लिएको थियो। प्रत्येक तलामा सर्वसाधारण, सेवाग्राही र कर्मचारीका लागि महिला-पुरुष छुट्टाछुट्टै शौचालय निर्माण हुने सम्झौतामा उल्लेख गरिएको निर्माणस्थलमा खटिएका कम्पनीका इञ्जिनियर नवीनकुमार यादवले बताए। उनका अनुसार अपाङ्गता भएका व्यक्तिले सहजरुपमा सेवा लिनसक्ने वातावरण बनाउन अन्तिम तलासम्म नै र्याम्प भर्याङ (ह्वील चियर गुडाउन मिल्ने भर्याङ) निर्माण भइरहेको छ। भवनको भूइँ र दोस्रो तलामा प्लास्टर सम्पन्न गरेर तेस्रो तलामा इँटा जोड्ने काम सुरु गरिएको इञ्जिनियर यादवले जानकारी दिए। ‘साढे तीन तला अग्लो भवनको अन्तिम तलाको ढलान यही जेठ ६ गते सम्पन्न गरेका छौँ। अहिले दक्ष प्राविधिकसहित ४० जना कामदार खटाएर काम गरिरहेका छौँ’, उनले भने, ‘संरचनाको काम सम्पन्न भइसकेको छ। असार मसान्तभित्र ९० प्रतिशत काम सम्पन्न गर्ने योजनाअनुसरा तीव्रता दिएका छौँ ।’ आगामी साउन १ गतेदेखि रङ रोगनको काम सुरु गरेर निर्धारित समयमा भवन हस्तान्तरण गर्ने गरी कामलाई तीव्रता दिइएको इञ्जिनियर यादवले जानकारी दिए। वि.सं.२०७९ साउन २६...

Read More

ठमेलमा ‘हिमालयन लिटरेचर फेस्टिबल’ सुरु

काठमाडौँ – सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा हिमालयन लिटरेचर फेस्टिबल सुरु भएको छ । न्युयोर्क राइटर्स वर्कसप र ह्वाइट लोटस बुक सप ललितपुरको आयोजनामा ठमेलस्थित काठमाडौँ गेस्ट हाउसमा दुईदिने साहित्य महोत्सव सुरु भएको हो । महोत्सवको आज महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र नेपालका लागि बेलायतका राजदूत रब फेनले संयुक्तरुपमा उद्घाटन गरे । कार्यक्रममा मन्त्री चौधरीले फेस्टिबलले नेपाली साहित्यलाई विश्व साहित्यमाझ जोड्नका लागि पुलकारुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको बताए । “फेस्टिबलमा नेपालका वरिष्ठ राजनीतिज्ञ तथा साहित्यकार गोपालप्रसाद रिमालमाथि विचार विमर्श हुनु नेपाली साहित्य जगत्का लागि उपलब्धिमूलक हो”, उनले भने । मन्त्री चौधरीले साहित्यमार्फत विश्वको वातावरण संरक्षण, जलवायु परिवर्तन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका समस्या, पर्यटन प्रवर्द्धनलगायत विषय उजागर गर्न साहित्यकारलाई आग्रह गरे । नेपालका लागि बेलायती राजदूत फेनले विश्व साहित्यलाई नेपाली साहित्यमाझ जोड्नका लागि यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे । उनले कार्यक्रममा आफ्नो कवितासमेत वाचन गरेर सुनाएका थिए । मङ्गलबारसम्म सञ्चालन हुने उक्त फेस्टिबलमा नेपाल र अन्तर्राष्ट्रिय साहित्य लेखनका क्षेत्रमा समूहगत छलफल, कविता वाचन, पुस्तक विमोचन, नाटक मञ्चनलगायत कार्यक्रम हुने ह्वाइट लोटस बुक सपका संस्थापक युयुत्सु आरडी शर्माले जानकारी दिए । उक्त कार्यक्रम छुट्टाछुट्टै तीन क्षेत्रमा बाँडेर सञ्चालन हुनेछन् । सोही अवसरमा साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा लिखित ‘चमेरो स् कोरोना कविता’ विमोचन हुने आयोजकले जनाएको छ । फेस्टिबेलमा नेपाल, पानामा, ग्रीस, बेलायत, अमेरिका, हङ्कङ, भारत, फिलिपिन्स, दक्षिण अफ्रिकालगायत देशबाट आएका लेखक तथा कविले आफ्नो सिर्जना प्रस्तुत गर्नेछन् । महोत्सवमा पाँच...

Read More

अध्यक्ष ओलीमाथिको आरोप तथ्यहीन, काँग्रेसले माफी माग्नुपर्छ : एमाले

काठमाडौँ – सत्तारुढ दल नेकपा एमालेले आफ्ना अध्यक्षमाथि कांग्रेसले लगाएको आरोप तथ्यहीन भएको भन्दै लिखित रुपमा क्षमायाचना गर्न माग गरेको छ । संसदको गतिरोध अन्त्य गर्ने बिषयमा प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको शीर्ष नेताको बैठकमा एमाले नेताहरुले अध्यक्ष केपी ओलीमाथि कांग्रेसले प्रायोजित पूर्वाग्राही तथ्यहीन गलत आरोप लगाएको भन्दै लिखित रूपमा क्षमायाचना गर्नुपर्ने र सार्वजनिक माफी माग्नुपर्ने धारणा राखेका हुन् । बैठकपछि एमाले उपाध्यक्ष विष्णु पौडेलले एमाले र अध्यक्ष केपी शर्मा ओलीलाई टार्गेट गरेर कांग्रेस नेताहरुको तथ्यहिन अभिव्यक्ति आएको भन्दै एमालेको आपत्ती रहेको बताए । उनले आधारहीन आरोपबाट कांग्रेस पछि नहटे राजनीतिक प्रतिवादमा उत्रने चेतावनी दिए । पौडेलले शीर्ष नेताको...

Read More

नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी

काठमाडौँ – समाजवादी प्रेस संगठन नेपालले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ । निर्वाचनका निम्ति तयार पारिएको सदस्यता सूचीमा गैरपत्रकारका नाम थप गरेर निर्वाचन समितिलाई बुझाउने तयारी भएको आरोप लगाउदै तालाबन्दी गरिएको हो । सदस्यता शुद्धिकरणका क्रममा आएका उजुरीको अध्ययन गरी न्यायोचित रुपमा सदस्यता नामावली तयार पार्ने कार्यदलले जेठ ८ गते टुंगो लगाएका नाममा रातारात हेरफेर गर्ने काम भएको संगठनका अध्यक्ष विश्वमणि सुवेदीले बताए । पत्रकार महासंघ पत्रकारिता गर्ने पत्रकारको मात्रै साझा संस्था हुनुपर्ने संगठनको माग विपरित पत्रकारिताबाहेक अन्य पेशा, व्यवसायमा संलग्न व्यक्तिको नाम पत्रकारको सूचीमा राखेको समाजवादी प्रेस संगठनको आरोप छ । त्यस्तो सदस्यता विवरण खारेज गरी न्यायोचित सदस्यता जारी नभएसम्म संगठनको विरोध जारी रहने अध्यक्ष सुवेदीले बताए...

Read More