Author: Himalaya Post

भित्रीवस्त्रमा लुकाइएको करिब १ केजी सुनसहित विमानस्थलबाट २ जना पक्राउ

काठमाडौँ – प्रहरीले त्रिभुवन विमानस्थलबाट भन्सार छली गरेर सुन भित्र्याएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बंगलादेशी नागरिक मोहम्मद तोफिक उल्लाह र भारतीय नागरिक पारसनाथ शाह रहेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा नियन्त्रणमा लिई सोधपुछ गर्दा बंगलादेशी नागरिक उल्लाहबाट ९३६ ग्राम सिनसहित पक्राउ गरेको हो । सोमबार हिमालय एयरलाईन्सको उडान नं. एच९५६६ मार्फत दुबईबाट काठमाडौँ आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख एसएसपी भीम ढकालले जानकारी दिए । उनका अनुसार पक्राउ परेका मोहम्मद तोफिक उल्लाहले पाईन्टको कम्मरको भागमा फल्स बटम बनाई मेटल डिटेक्टरलेले डिटेक्ट गर्न नसक्ने बनाएको पेटी आकारको अर्धठोस...

Read More

सत्तारुढ दलका शीर्ष नेताबीच छलफल : कसले के भने ?

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीका कारण गठबन्धन तलमाथि नहुने स्पष्ट पारेका छन् । सोमबार सिंहदरबारमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँगको भेटवार्ताका क्रममा उनले गठबन्धन नटुट्ने बताएका हुन् । बैठकपछि प्रचण्डले पछिल्लो राजनीतिक अवस्थाका बारेमा पौडेलसंग छलफल भएको र एमसीसीलाई सदनले टुङ्गो लगाउने भएकाले केही भन्न नसक्ने तर गठबन्धन भने केहि नहुने बताए । त्यस्तै छलफलपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले यथास्थीतिमा एमसीसीलाई पारित गर्न नसकिने बताएका थिए । यसलाई संशोधन गर्न सके त्यसलाई अघि बढाउनुपर्ने आफुले सुझाव दिएको उनले बताए । कांग्रेस नेता रामचन्द्र पौडेलले मुलुकलाई निकास दिन सवै मिलेर अघि बढ्नुपर्ने...

Read More

निजि क्षेत्रबाट ‘इर्मेरजेन्सी नर्सिङ तालिम’ शुरु गर्ने पहिलो बन्दै ह्याम्स अस्पताल

काठमाडौँ– धुम्बराहिस्थित रहेको ह्याम्स अस्पतालले ‘इर्मेरजेन्सी नर्सिङ तालिम’ शुरु गर्ने भएको छ । जनउपचारका शिलशिलामा हर–समय अनड्युटीमा रहने नर्सहरुका लागि आपत्कालीन(इमेरजेन्सी) तालिमको आवश्यकतालाई मध्यनजर गर्दै ह्याम्सले तीन महिने ‘इर्मेरजेन्सी नर्सिङ तालिम’ कोर्ष  शुरु गर्न लागेको हो । उक्त तालिमले नर्सहरुको पेशागत सीप तथा ज्ञानको दायरालाई बढाउँदै बिरामीले प्राप्त गर्ने उपचारलाई पनि थप गुणस्तरीय बनाउने अस्पतालका नर्सिङ निर्देशक वरुणा पौडेलले बताइन् । उनी भन्छिन्, ‘इमेरजेन्सी विभागमा विभिन्न प्रकारका बिरामी आउने हुँदा शुरुमा उनीहरुले पाउने उपचारको आधारमा नै त्यसपछि गरिने उपचारको निर्धारण हुन्छ । जसकारण पनि यस विभागमा कार्यरत नर्सहरुको ज्ञान तथा पेशागत सीप विस्तार गरेर गुणस्तरीय नर्सिङ सेवा प्रदान गर्नु...

Read More

टी-२० विश्वकप छनोट : क्यानडाद्वारा नेपाललाई ८१ रनको सामान्य चुनौती

काठमाडौँ – ओमानमा जारी टी–२० विश्वकप छनोट प्रतियोगितामा क्यानडाले नेपाललाई ८१ रनको समान्य चुनौती दिएको छ । ओमानको मस्कटस्थित अल अमारेत क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले १५ ओभरमा सबै विकेट गुमाउँदै ८० रनमै समेटिएको हो । क्यानडालाई सस्तैमा समेट्ने क्रममा नेपाली बलरले घातक बलिङ गरे । जसक्रममा कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । सन्दीपले ४ ओभरमा १२ रन मात्रै खर्चिए । यस्तै कमलसिंह ऐरी र अविनाश बोहराले समान १-१ विकेट हात पारे । त्यसक्रममा अविनासले ३ ओभरमा ७ तथा कमलले ३ ओभरमा १६ रन खर्चिए । क्यानडाका लागि १०औँ नम्करमा ब्याटिङ गर्न आएका डिलोन...

Read More

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो, तीन अर्बको कारोबार

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्स परिसूचक २५.४१ अङ्कले उकालो लागेर दुई हजार ७१८.५१ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ५.१५ अङ्कले उकालो लागेर ५१८.७९ मा पुगेको छ । नेप्सेमा दोहोरो अङ्कको वृद्धि भए पनि कारोबार रकम भने उल्लेख्य बढेको छैन । कूल २२४ कम्पनीको ४९ लाख ९२ हजार ८७९ कित्ता शेयर रु दुई अर्ब ९९ करोड ७६ लाख ८१ हजार ७२ बराबरको कारोबार भयो । कारोबार भएका १३ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । नेप्सेका अनुसार बैंकिङ...

Read More