Author: Himalaya Post

गौतमबुद्ध विमानस्थलमा फागुन ६ गतेदेखि ‘क्यालिब्रेसन फ्लाइट’ हुने

काठमाडौँ – भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा यही फागुन ६ गतेदेखि १५ गतेसम्म यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाईट) हुने भएको छ । राष्टिय गौरबको आयोजनाका रुपमा रहेको उक्त विमानस्थलमा १० दिनसम्म सो उडान सञ्चालन हुन लागेको हो । प्राधिकरणले आज सार्वजनिक सूचना प्रकाशित गरी ‘क्यालिब्रेसन फ्लाइट’ हुन लागेको जानकारी दिएको हो । उडानको जिम्मेवारी एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई) ले पाएको छ । एरो थाइको जहाज फागुन ५ गते काठमाडौँस्थित त्रिभुवन अन्तरराष्टिय विमानस्थलमा अवतरण गर्नेछ । काठमाडौँबाट भैरहवाका लागि उडान भरेर उडान गर्ने जनाइएको छ । गौतमबुद्ध विमानस्थलको भौतिक निर्माण तथा उपकरण जडानसम्बन्धी कार्य सम्पन्न भइसकेको छ ।...

Read More

भाइरल अडियोबारे मन्त्री आले भन्छन् : पैसा नदिएपछिको प्रतिशोध हो (अडियोसहित)

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भइरहेको अडियोबारे प्रतिक्रिया दिएका छन् । उनले प्रतिशोध साँध्नका लागि पूरानो अडियोलाई भाइरल गरिएको बताएका छन् । हिमालय पोष्टसँगको कुराकानीमा उनले भने, ‘पहिले म वनमन्त्री हुँदादेखि नै पछि लागेको थियो । रातीराती ११–१२ बजे फोन गर्ने, पैसा माग्ने, मलाई टर्चर दिने गरेथ्यो ।’ मन्त्री आलेले आफूले सम्झाउने गरे पनि शेरबहादुर देउवलाई प्रधानमन्त्री बनाउनका लागि अदालतमा हस्ताक्षर गरेपछि ती युवा उत्ताउलो भएर आफूबारे जे पायो त्यही लेख्न थालेको बताए । उनले थपे, ‘हेर्नुहोस् ज सामाजिक सञ्जालमा पत्रकारलाई गाली गरेका छन्, माधव नेपाललाई, बाबुराम भट्टराईलाई, शेरबहादुर देउवालाई,...

Read More

टिप्परको ठक्करबाट साइकल यात्रीको मृत्यु

दाङ– पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिकाको पाखापानीमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा १ ख १२८६ नंको टिप्परले आज बिहान एक साइकल यात्रीलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिकाका अन्दाजी ४० वर्षीया डिला पौडेल रहेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको हो । ठक्कर दिने टिप्परलाई नियन्त्रणमा लिइसकेको भए पनि चालक भने फरार रहेको प्रहरीले बताएको छ ।...

Read More

एमसीसी राष्ट्रहितमा छ, अनुमोदन गर्नुपर्छ : कांग्रेस नेता डा. महत

काठमाडौँ– सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सांसदहरुले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का पक्षमा आफ्ना धारणा राखिरहेका छन् । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बिहानदेखि सुरु भएको बैठकमा एमसिसी नेपालको पक्षमा रहेको र यसले आर्थिक विकासमा सहयोग पुग्ने भएकाले यसलाई संसद्बाट अनुमोदन गर्नुपर्ने भनाइ सांसदहरुको भनाइ रहेको पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा रामशरण महतले पत्रकारहरुलाई जानकारी दिएका हुन् । बैठकमा आफ्नो धारणा राखेर बाहिरिएका नेता डा महतले सञ्चारकर्मीहरुसँगको सङ्क्षिप्त प्रतिक्रिया दिदैँ भने, ‘एमसिसीका विरुद्ध भ्रम फैलाइएको छ, यो कुनै सैन्य रणनीतिअन्तर्गत छैन, ती सबै अफवाह मात्र हुन्, मैले यही कुरा राखेँ र अरू साथीहरुले...

Read More

एमसीसी सम्झौता भोलि संसदमा टेबल गर्ने काँग्रेस संसदीय दलको निर्णय

काठमाडौँ – सत्तारुढ दल नेपाली काँग्रेसले अमेरिकी सहायतासम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) भोलि प्रतिनिधिसभामा टेबल गर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको काँग्रेस संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले भोलि एमसीसी सम्झौता संसदमा पेश गर्ने जानकारी दिएका थिए । अघिल्लो पटक आफू सरकारमा रहँदा हस्ताक्षर गरेको र केपी ओली नेतृत्वको सरकारले त्यसलाई अघि बढाउन संसदमा दर्ता गरेको स्मरण गर्दै प्रधानमन्त्री देउवाले एमसीसी पास गर्नु वर्तमान सरकारको दायित्व रहेको बताएको काँग्रेस महामन्त्री गगन थापाले जानकारी दिए । उनले भने, ‘आज नेपाली काँग्रेस संसदीय दलकबो बैठकले पूर्वप्रधानमन्त्री केपी शर्माओलीले आफ्नो पालामा संसदमा...

Read More