Author: Himalaya Post

खोपले ओमिक्रोनबाट बचाउने डब्लूएचओका अधिकारीको दाबी

काठमाडौं – हाल प्रयोगमा आइरहेका खोपले ओमिक्रोन भेरियन्टका कारण गम्भीर बिरामी हुनबाट जोगाउने विश्व स्वास्थ्य संगठनका एक अधिकारीले दाबी गरेका  छन् । दक्षिण अफ्रिकामा हालै गरिएको एक ल्याब परीक्षणले यो भेरियन्टले फाइजर खोपको प्रभावलाई आंशिक रूपमा छल्ने देखाएको थियो । अनुसन्धानकर्ताले भ्याक्सिनका कारण निर्माण भएको एन्टिवोडिजले भाइरसको नयाँ स्ट्रेनलाई रोक्ने क्षमतामा ह्रास आएको बताएका थिए । तर विश्व स्वास्थ्य संगठनका आपतकालीन निर्देशक डा माइक रायनले ओमिक्रोनले खोपलाई छल्न सक्ने क्षमता राख्ने नदेखिएको दाबी गरेका छन्। ‘गम्भीर बिरामीबाट जोगाउन तथा अस्पतालमा भर्ना हुने दर घटाउन हामीसँग प्रभावकारी खोप छन् र यी खोपले ओमिक्रोन विरुद्ध पनि काम गर्नेछन्,’डा। रायनले एएफपीलाई भनेका...

Read More

महोत्तरीमा कांग्रेस झगडा : बाहिरिए मतदान अधिकृत

महोत्तरी – नेपाली कांग्रेस महोत्तरी क्षेत्र नम्बर ३ मा  निर्वाचनस्थल निर्धारण गर्ने विषयमा दुई पक्षबीच भएको मत विभाजनपूर्ण झगडाले मतदान अधिकृत नै बाहिरिएका छन् । केन्द्रले नै स्थान निर्धारण नगरेसम्म निर्वाचन गराउन नसकिने भन्दै मतदान अधिकृत हेम बहादुर कार्की बाहिरिएका हुन् । संस्थापन इतरका बिमलेन्द्र निधी प्यानल र रामचन्द्र पौडेल प्यानलबीच निर्वाचन स्थल निर्धारण गर्ने विषयमा विवाद सिर्जना भएपछि आफू बाहिरिएको अधिकृत कार्कीले बताए । ‘बुधबार दिनभर निर्वाचन प्रक्रियालाई अगाडि बढाउन बैठक बसियो । तर, दुई पक्षबीचको झगडाले निष्कर्षबिहीन बन्यो,’ कार्कीले भने । केन्द्रले नै स्थान निर्धारण नगरेसम्म क्षेत्र नम्बर ३ को अधिवेशन विवाद सावधान नहुने उनको तर्क छ...

Read More

आर्थिक समृद्धिको नेतृत्व गर्ने कार्यभार कांग्रेसको काँधमा : जितजंग बस्नेत (आकांक्षी: केन्द्रीय सदस्य)

काठमाडौं – नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले समावेशी विकासको सुनिश्चितता गराउन १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गर्ने बताएका छन् । खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका बस्नेतले बुधबार विज्ञप्ति जारी गर्दै उम्मेदवारीको कारण खुलाएका छन् । सिंगो नेपाल र नेपालीलाई एकाकार गर्नेगरी कांग्रेसको नेतृत्वमा जारी भएर कार्यान्वयनमा आएको संविधानलाई संस्थागत गर्ने, दिगो बनाउँदै सामाजिक न्यायसहितको आर्थिक समृद्धिको नेतृत्व गर्नुपर्ने कार्यभार कांग्रेसकै काँधमा रहेको भन्दै बस्नेतले विभिन्न जात–जाति, समुदाय, उत्पीडित वर्ग, धर्म र संस्कृति सबैलाई जोडेर समावेशी विकासको सुनिश्चिता गराउनु आफ्नो राजनीतिक ध्येय भएको उल्लेख गरेका छन् । अपार सम्भावना बोकेको नेपालमा युवालाई उद्यमशील बनाउने, भविष्यको पुस्तालाई समान...

Read More

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा ३३ जनाको आकांक्षा, पद आठ मात्र

काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनले १३ पदाधिकारीसहित १ सय ३४ सदस्यीय कार्यसमिति निर्वाचनमार्फत चयन गर्दै छ । विधानअनुसार कुल १ सय ६७ सदस्यीय केन्द्रीय समिति हुने भए पनि बाँकी भने मनोनित हुने व्यवस्था विधानमा छ । कांग्रेसको यो महाधिवेशनलाई संघीय संरचनाअनुसारको नेतृत्व चयनका हिसाबबाट पनि महत्वपूर्ण रूपमा हेरिएको छ । कांग्रेस विधानमा एक निर्वाचित सभापति, दुई जना निर्वाचित उपसभापति, सोही संख्यामा निर्वाचित महामन्त्री र संविधानले व्यवस्था गरेको क्लस्टरअनुसार आठ जना सहमहामन्त्री निर्वाचनमार्फत पदाधिकारीमा चयन हुनेछन् । कांग्रेस विधानअनुसार सभापति बन्न कम्तीमा १५ वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएको र केन्द्रीय महाधिवेशन प्रतिनिधि भएको हुनुपर्छ । यस्तै, उपसभापति,...

Read More

गुरुबा ! बिहीबार भगवान विष्णुको पूजा कसरी गर्ने ?

काठमाडौं – बिहीबार देवताका गुरु बृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ । यस दिन पहेँलो रंगको कपडा लगाउने र पहेँलै वस्तुको दान गरेमा शुभ मिल्नेछ । साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ । यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु गर्नुपर्दछ । त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ । यसरी पूजा गर्न सकिन्छ बिहान स्नानपछि पहेँलो वस्त्र धारण गर्ने । त्यसपछि पहेलो फूल र चन्दनलाई एक साथ मिलाएर प्रसाद बनाउने । यस प्रसादलाई भगवानलाई अर्पण गरेर पूजा गरौँ । यसबाट भगवान विष्णु प्रसन्न भएर उहाँको आर्शिवाद तपाईंको घरमा सधैँ भइरहने छ । यो...

Read More