Author: Himalaya Post

इपिएल फाइनल : पोखराको ब्याटिङ चलेन, चितवनलाई चिठ्ठा

काठमाडौं – पोखरा राइनोजले आज एभरेष्ट प्रिमियर लिग (इपिएल)को फाइनलमा चितवन टाइगर्सलाई जितका लागि ११२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको पोखराले १७।५ ओभरमा सबै विकेट गुमाएर १११ रनमात्र बनाएको हो । चितवन र पोखरा यसअघि पनि दुई पटक आमनेसामने भएका थिए । दुबै खेलमा पोखराले कमजोर ब्याटिङ प्रदर्शन गरेको थियो यसअघि दुबै खेलमा पहिले ब्याटिङ गरेको पोखराले लिग चरणको खेलमा १२३ र पहिलो क्वालिफायर्समा ६६ रनमात्र बनाउन सकेको थियो । आज पोखराका एसेला गुणरत्नेले सबभन्दा धेरै ३४ रन बनाए । रिचार्ड लेभीले २६, कप्तान विनाद भण्डारीले २२ र विपिन रावलले...

Read More

डेनिस प्रधानमन्त्री भन्छिन्, भारत भ्रमण ‘द्विपक्षीय सम्बन्धमा कोसेढुङ्गा’

भारत – डेनमार्कले भारतलाई ‘घनिष्ठ साझेदार’ मानेको उल्लेख गर्दै डेनिस प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले आफ्नो नयाँ दिल्लीको भ्रमणलाई दुई राष्ट्रबीचको सम्बन्धका लागि कोसेढुङ्गाको रूपमा लिएको शनिबार बताएकी छन् । तीन दिने भ्रमणमा रहेका फ्रेडरिकसेनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भवनमा एक औपचारिक कार्यक्रम गरी स्वागत गरेका छन् । “हामी भारतलाई घनिष्ठ साझेदार ठान्छौं । यो भ्रमण डेनमार्क–भारत द्विपक्षीय सम्बन्धका लागि कोशेढुंगाको रूपमा म देख्छु,” उनले भनिन् । भ्रमणका क्रममा फ्रेडरिकसेनले राष्ट्रपति रामनाथ कोविन्दलाई शनिबार नै भेटेकी छन् । त्यसपछि लगत्तै प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गरेका छिन् । उनले थिङ्क ट्यांक, विद्यार्थी र नागरिक समाजका सदस्यहरूसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम छ...

Read More

कांग्रेको प्रतिनिधिमण्डल र उत्तरप्रदेशका मुख्यमन्त्रीबीच भेटवार्ता

भारत – भारत भ्रमणमा रहेको नेपाली कांग्रेसको प्रतिनिधिमण्डल र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच आज बिहान भेटवार्ता भएको छ । उत्तरप्रदेशस्थित मुख्यमन्त्री आदित्यनाथको कार्यालयमा आज भएको भेटमा नेपाल–भारत सम्बन्धका विविध विषयमा छलफल भएको सो प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएका नेपाली कांग्रेका सहमहामन्त्री डा प्रकाशशरण महतले  जानकारी दिए । त्यसक्रममा आफूहरुले नेपाल–भारत सम्बन्ध द्विपक्षीयहित तथा दुई देशबीचका राजनीतिक धार्मिक सांस्कृति ऐतिहासिक एवं जनताबीचको सम्पर्कका विविध आयामका बारेमा कुरा उठाएको जानकारी डा महतले दिए। भेटका क्रममा मुख्यमन्त्री आदित्यनाथले नेपालसँग सम्बन्धित विविध मुद्दा एवं विषयवस्तुलाई भारतले सधैँ प्राथमिकतामा राखेको बताए । मुख्यमन्त्रीले भारतले नेपालसँगको सम्बन्धलाई मुख्य प्राथमिकतामा राखेको जनाउँदै नेपाल र नेपालको रष्ट्रियता...

Read More

अफगानिस्तानमा मस्जिदमा आत्मघाती विस्फाेट हुँदा ५०ले गुमाए ज्यान

काबुल – अफगानिस्तानको कुन्दुजस्थित हजारा-शिया मस्जिदमा आत्मघाती विस्फोट भएको छ ।  प्रार्थनाकै  बेला आक्रमणमा कम्तिमा ५० जना मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । घटनामा १ सय जनाभन्दा बढी घाइते भएका छन् । कुन्दुज केन्द्रीय अस्पतालका चिकित्सकहरूका अनुसार अस्पतालमा ३५ शव पुगेका छन् । घाइतेको उपचार भइरहेको छ । अफगानिस्तानमा तालिबानको सरकार बनेपछि देशमा यो सबैभन्दा ठूलो आक्रमण हो । तालिबान प्रवक्ता जबीहुल्ला मुजाहिदले मस्जिदमा विस्फोट हुँदा कयौँ मारिएको पुष्टि गरेका छन् । तर, हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन। यद्यपि, त्यहाँ इस्लामिक स्टेटसहितका सुन्नी मुसलमान उग्रवादीहरूले सिया समुदायलाई पाखण्डी ठान्दै निशाना साँध्ने गरेका छन् । इस्लामिक...

Read More

जर्मनीका विद्यालय सामान्य अवस्थामा फर्किने

जर्मनी – जर्मनीका विद्यालयहरु अव चाडै नै सामान्य अवस्थामा फर्किने भएका छन् । देशभरका सवै विद्यालयहरुमा अब पूर्ववत अवस्थामा झै अध्ययन अध्यापनको कार्य हुने सरकारी उच्च अधिकारीहरूले जानकारी दिएका छन् । कोरोनाभाइरसको डेल्टा भेरिएन्ट फैलिएपनि विद्यालय सञ्चालन गर्ने तयारी भइरहेको शिक्षा तथा संस्कृति मामिला मन्त्रीले शुक्रबार बताए । “कोरोनाभाइरसको महामारी र अध्ययन अध्यापन कार्यका बीचमा तालमेल मिलाएर लैजानुपर्ने भएको छ, लामो समयसम्म यस्तै अवस्था गराइरहन सकिदैन,” उनले भने । उनले विद्यार्थीहरूको कोरोना परीक्षण पनि तीव्र र निरन्तर रुपमा भइरहेको पनि जानकारी दिए । देशमै पहिलो पटक सरल्याण्ड प्रदेशका विद्यालयहरुमा गत हप्ता नै प्रतिवन्धात्मक व्यवस्थाहरु खुकुलो बनाइएको छ । त्यसैगरी...

Read More