Author: Himalaya Post

आज राति ८ बजेपछि सवारी साधन चलाउन नपाइने

काठमाडौँ- कोभिड–१९ को सङ्क्रमण जोखिम बढेको जनाउँदै काठमाडौँ उपत्यकामा आज राति ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने गरी निषेधाज्ञा लागू गरिएको छ । आगामी भदौ ८ गतेसम्म लागू गरिएको उक्त आदेश आज बिहान १ बजेदेखि नै लागू भएको छ । अन्य ढुवानीका साधन भने तोकिएका समयमा सञ्चालन गर्न सकिने छ । अत्यावश्यक काममा प्रयोग हुने सवारी भने चौबीसै घण्टा सञ्चालन हुने छ । पछिल्लो दुई हप्तादेखि उपत्यकामा निषेधाज्ञामा कडाइ गर्न थालिएको छ । अघिल्लो हप्ता सेमिनार, गोष्ठी, बैठक भर्चुअलरूपमा मात्रै गर्ने निर्णय गरेको थियो । अन्य गतिविधिका सन्दर्भमा भने विगतमा लागू भएको आदेशलाई यथावत राखिएको...

Read More

तनहुँका ‘स्पाइनल मस्कुलर एट्रोफ्री’ बिरामी बालकलाई आर्थिक सहयोग

तनहुँ- विश्वमै दुर्लभ मानिएको ‘स्पाइनल मस्कुलर एट्रोफ्री’ रोग लागेका जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ का नौ महिने बालक मुहम्मद उस्मान अलीको उपचारका लागि बुधबार आर्थिक सहयोग प्राप्त भएको छ । शुक्लागण्डकी–३ का सुरज लम्साल र लम्सालका बुबाको जन्मदिनको अवसरमा लम्सालका पाँच जना साथीको समूह ‘साथीसँग मनका कुरा समूह’ ले उस्मानकी दिदीलाई रु तेह्र हजार पाँच सहयोग गरेको हो । जन्मदिनमा गरिने फजुल खर्च कटाएर साथै अनावश्यक गरिने खर्च जोगाएर उपचारमा छटपटाइरहेका बालक अलीका लागि थोरै भए पनि सहयोग गरिएको बताउँदै सबैले खुला मनले सहयोग गर्नसमेत लम्सालले अपिल गरेका छन् । थोपा थोपाबाट समुद्र बन्ने हुँदा सबैको सहयोग भए बालकको उपचार सम्भव...

Read More

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन हुँदै

बुटवल– लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । यसका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले प्रदेश प्रमुख समक्ष दाबी पेश गर्न लागेका हुन् । प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनका लागि दाबी पेश गर्न दिउँसो ३ बजेसम्मका समयसीमा निर्धारण गरेका छन् । कांग्रेस संसदीय दलका प्रमुख सचेतक फखरुद्दिन खानले निर्धारित समयभित्र सरकार गठनका लागि प्रदेश प्रमुख समक्ष दाबी पेश गर्ने जानकारी दिए । ती चार दलले मुख्यमन्त्री पदमा माओवादी केन्द्र, संसदीय दलका नेता कुलप्रसाद केसीलाई प्रस्ताव गर्न लागेका बताइएको छ । नेकपा (एमाले) भने सरकारका लागि दाबी पेश नगर्ने जनाइएको छ...

Read More

अक्सिजन प्लान्टको तीन करोड फ्रिज

झापा – झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि आएको तीन करोड रकम फ्रिज भएको छ । कोरोना भाइरस सङ्क्रमितको उपचार र अक्सिजन आपूर्तिमा सहजता ल्याउने उद्देश्यले अक्सिजन प्लान्ट स्थापनार्थ अस्पताललाई सङ्घीय सरकारले उपलब्ध गराएको उक्त रकम फ्रिज भएको हो । आइसियु, भेन्टिलेटर, अक्सिजन प्लान्ट स्थापनालगायतका लागि सङ्घीय सरकारबाट आएको नौ करोडमध्ये अक्सिजन प्लान्टका लागि आएको रकम फ्रिज भएको अस्पतालका सूचना अधिकारी मनोज पोखरेलले जानकारी दिए । मेची अस्पतालमा सङ्घीय सरकारले १५० सिलिण्डर क्षमताको अक्सिजन प्लान्टका लागि रकम पठाएको थियो । “जेठ अन्तिममा रकम आयो”, उनले भने, “१५ दिने म्याद राखेर बोलपत्र आह्वान गर्यौँ, एउटा फर्मले बोलपत्र...

Read More

लुम्बिनीमा नयाँ सरकार गठन हुँदै, ४ दलले कुलप्रसाद केसीलाई मुख्यमन्त्रीका लागि अघि सार्दै

रुपन्देही – लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । यसका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले प्रदेश प्रमुख समक्ष दाबी पेश गर्नेछन् । प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनका लागि दाबी पेश गर्न दिउँसो ३ बजेसम्मका समयसीमा निर्धारण गरेका छन् । कांग्रेस संसदीय दलका प्रमुख सचेतक फखरुद्दिन खानले निर्धारित समयभित्र सरकार गठनका लागि प्रदेश प्रमुख समक्ष दाबी पेश गर्ने जानकारी दिए । ती चार दलले मुख्यमन्त्री पदमा माओवादी केन्द्र, संसदीय दलका नेता कुलप्रसाद केसीलाई प्रस्ताव गर्न लागेका बताइएको छ । नेकपा (एमाले) भने सरकारका लागि दाबी पेश नगर्ने जनाइएको छ ।...

Read More