Author: Himalaya Post

लकडाउनबीच नेपाल टेलिकमको ‘लकडाउन स्टे कनेक्टेड’ अफर

काठमाडौँ– कोभिड–१९ कारण अधिकांश स्थानमा जारी निषेधाज्ञालाई लक्षित गर्दै नेपाल टेलिकमले ‘लकडाउन स्टे कनेक्टेड’ अफर ल्याएको छ । यसअन्र्तगत टेलिकमले एक महिना अवधिका लागि ‘अनलिमिटेड डे डाटा प्याकेज’ र ‘रिचार्जमा डाटा बोनस’ उपलब्ध गराउने भएको हो । जसमा ‘अनलिमिटेड डे डाटा प्याकेज’ मा डे डाटा प्याकको सेवा रु ३९ पाइने र यसको स्पिड १ एमबिपिएससम्म रहने कम्पनीले जनाएको छ । बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म चलाउन सकिने सो डाटाका समयावधिको खरीद गरेको २४ घन्टासम्म मान्य रहनेछ । यद्यपि उक्त सेवा दैनिक रुपमो १ पटक मात्रै खरीद गर्न सकिने टेलिकमको भनाई छ । यसैगरि, रिचार्ज बोनसका हकमा भने रु....

Read More

नेता पौडेलद्वारा कोरोना उपचारमा अन्तरराष्ट्रिय सहयोगको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना संक्रमणबाट नेपाललाई जोगाउन मित्र राष्ट्र, विदेशस्थित नेपाली र नेपालमा रहेका विदेशी नियोग, दातृ निकाय, गैरआवासीय नेपाली संघलगायतसँग आग्रह गरेका छन् । उनले आज सामाजिक सञ्जालमार्फत नेपालमा अहिले देखिएको कोरोनाको संकट देशले आफ्नै बलबुताले पार पाउने अवस्था नदेखिएको जनाउँदै जीवन रक्षाका लागि मानवीयताका आधारमा नेपालीलाई सहयोग गर्न आग्रह गरेका हुन् । नेता पौडेलले अक्सिजन र अस्पतालका अभावमा उपचार नै नपाएर दिनहुँ ज्यान गुमाउनेको संख्या सयौँ पुग्न लागेकामा चिन्ता समेत व्यक्त गरेका छन् ।...

Read More

प्रधानमन्त्री ओली र माधव नेपालबीच भेटवार्ता सुरु

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्माओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । उनीहरुबीच बूडानीलकण्ठमा भेटवार्ता सुरु भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । बिहीबार बिहान बालुवाटारमा बसको एमालेको स्थायी कमिटीले नेपाल सहित उनको समूहका ४ जना नेतालाई गरेको कारवाही फिर्ता लिएको थियो । कारवाही फिर्तासँगै नेपाल पक्ष वार्ताका लागि सकारात्मक बनेको थियो भने ओलीले नेपाललाई वार्ताका लागि बोलाएका थिए । प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि दिएको समयसीमा आज राती ९ बजे सकिँदैछ । उक्त समय अघि ओली र नेपालबीच...

Read More

ठाकुर–महतोसँगको छलफलपछि देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको बैठक बोलाएका छन् । सभापति देउवाले आजै ४ बजे पदाधिकारी बैठक बोलाएका हुन् । उनले आज बिहान आफ्नै निवासमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग नयाँ सरकार निर्माणका लागि छलफल गरेका थिए । उनीहरुसँगको छलफल सकिए लगत्तै देउवाले पदाधिकारी बैठक डाकेका हुन् । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्माओलीले विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार निर्माणका लागि दिएको म्याद आज राती ९ बजे सकिँदैछ । कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई समूह नयाँ सरकारका लागि विपक्षी गठबन्धन हुनुपर्ने बताइरहे...

Read More

सङ्क्रमितको घरमै पुगेर निःशुल्क सेवा दिँदै खड्का

खेमराज गौतम, गलकोट– बागलुङ नगरपालिका–१ निवासी ६५ वर्षीय सङ्क्रमित होम आइसोलेशनमा थिए । दश वर्षदेखि मधुमेह तथा उच्च रक्तचापको औषधि सेवन गर्दै आएकाले सङ्क्रमित भएसँगै उनी केही हतास पनि देखिन्थे । यद्यपि घरमै निःशुल्क स्वास्थ्य सेवा तथा मनोपरामर्श सेवा पाएपछि उनलाई कोरोना जित्न निकै सहज मात्र भएन, थप उत्साह र ऊर्जासमेत प्राप्त भयो । उनी अहिले सङ्क्रमण मुक्त भइसकेका छन् । उनी जस्तै बागलुङ बजारका छ सङ्क्रमितले घरमै स्वयंसेवी नर्सबाट निःशुल्क सेवा र परामर्श पाएका छन् । बागलुङमा लामो समय विभिन्न स्वास्थ्य तथा सामाजिक क्रियाकलापमा सक्रिय बागलुङ–१ की स्वास्थ्यकर्मी नितु खड्का अहिले होम आइसोलेशनमा बसेका सङ्क्रमितको उपचार, मनोपरामर्श तथा...

Read More