Author: Himalaya Post

शिक्षक मृत्यु प्रकरण : एक हप्तादेखि शव अस्पतालमै

डोटी– जोरायल गाउँपालिका २ बुडर बजार नजिकै रहेको जोगबुढा जाने सडकखण्डमा मृतावस्थामा फेला परेका २७ वर्षीय शिक्षक डम्बर भट्टराईको शव एक हप्ता हुँदासम्म पनि आफन्तले बुझ्न मानेका छैनन् । घरपरिवार तथा आफन्तले घटना शङ्कास्पद रहेको भन्दै पूर्ण अनुसन्धानपछि मात्र शव बुझ्ने अडान राखेपछि विगत सात दिनदेखि शव डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालको शवगृहमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका मुद्दाफाँटका प्रहरी निरीक्षक कान्तिराज जोशीले शव परीक्षण रिपोर्टबाट कुनै पनि कुरा नदेखिएपछि भिसेरा परीक्षणका लागि अहिले नमूना काठमाडौँ पठाइएको जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालयको अनुसन्धान टोलीले मृतक भट्टराईको हत्या आशङ्कामा अनुसन्धान गरिरहेको भए पनि हालसम्म कुनै तथ्य फेला पार्न...

Read More

मोबिल तथा इनामेल कालोबजारी गर्ने पक्राउ

विराटनगर– जिल्ला प्रहरी कार्यालय मोरङले नक्कली मोबिल बनाएर कालोबजारी गर्ने एक व्यापारीलाई पक्राउ गरेको छ । प्रहरी प्रवक्ता नायब प्रहरी उपरीक्षक मानबहादुर राईका अनुसार, विराटनगर महानगरपालिका ११ जनपथ टोलमा शङ्करलाल खेम्का बिहीबार पक्राउ परेका हुन् । विगत २० वर्षदेखि गोदाम भाडामा लिई नक्कली मोबिलमा सर्वोको स्टिकर टाँसी बिक्री वितरण गरिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारी निजलाई पक्राउ गरेको हो । छापा मार्दा प्रहरीले २०० लिटरसहितको १५ वटा ड्रम, २० मोबिलसहितको तीन ड्रम, १० लिटर मोबिलसहितका दुईवटा बाल्टिन, एक लिटर मोबिलसहितको १४ वटा बट्टा, २०० लिटरको खाली ड्रम २४ वटा, सर्वोको स्टिकर १०० थान, सर्वो स्टिकर छाप्ने फर्मा २१...

Read More

विनोदको शतकले पनि आर्मीलाई हारबाट जोगाउन सकेन, बाग्मतीको सुखद अन्त्य

काठमाडौँ – त्रिभुवन आर्मी क्लब काठमाडौँमा जारी ‘काठमाडौँ मेयर कप–२०७७’ पुरुष क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । बिहीबार बाग्मती प्रदेशसँग १० रनले पराजित भएसँगै आर्मीले प्रतियोगितामा आफ्नो यात्रालाई पूर्णविराम लगाएको हो । कीर्तिपुरस्थित त्रिवि किकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बाग्मतीले पारस खड्काको शतकको मदतमा २६६ रन बनायो । २६७ रनको चुनौति पच्छ्याउँदै मैदान उत्रिएको आर्मीका लागि कप्तान विनोद भण्डारीले जवाफी शतक प्रहार गरे पनि टिमलाई हारबाट जोगाउन सकेनन् । आर्मीले ४७.१ ओभरमा सबै विकेट गुमाउँदै २५६ रन मात्रै बनाउन सक्यो । आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक ११९ रन बनाए । त्यसक्रममा उनले ११४ बलमा ८ चौका र...

Read More

नागढुङ्गा सुरुङमार्ग निर्माण नौ प्रतिशत सकियो

काठमाडौँ– नागढुङ्गा–सिस्नेखाला सुरुङमार्ग निर्माण अघि बढेको छ । अहिलेसम्म सुरुङको नौ प्रतिशतभन्दा बढी निर्माण भइसकेको हो । गत वर्ष कोभिड–१९ प्रभावका कारण निर्माण सुस्त भए पनि चालु आवमा निर्माणले गति लिइरहेको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ । गत वर्षसम्म तोकिएको तालिकाभन्दा धेरै ढिलाइ भए पनि अहिले झण्डै एक महिना मात्रै ढिला भएको आयोजना प्रमुख नरेशमान शाक्यले बताए । अहिले सुरुङमा चौबीसै घण्टा काम भइरहेकोजनाउँदै उनले भने; ‘शनिबारबाहेक अरु दिनमा रातदिन काम भइरहेको छ ।’ सुरुङ खन्ने कामसँगै अहिले आवश्यक पर्ने सहायक पूर्वाधार निर्माणको कामसमेत अघि बढिरहेको छ । पूर्वतर्फबाट मुख्य सुरुङको ४९ मिटर र पश्चिमतर्फबाट १४९ मि खनिसकिएको आयोजनाले...

Read More

महाशिवरात्रिका अवसरमा होम र महारुद्री पाठ

बनेपा– महाशिवरात्रिका अवसरमा काभ्रेपलाञ्चोकको बनेपास्थित चण्डेश्वरी र पनौतीस्थित इन्द्रेश्वर महादेव मन्दिर प्राङ्गणमा विविध कार्यक्रम गरी महाशिवरात्रि पर्व मनाइएको छ । बनेपास्थित चण्डेश्वरी मन्दिर परिसरमा पतञ्जली योग समिति बनेपाले ‘२४ घण्टा अखण्ड गायत्री मन्त्र तथा मृत्युञ्जय जप तथा यज्ञ’ गरेको छ भने पनौतीस्थित इन्द्रेश्वर महादेव मन्दिर परिसरमा महारुद्राभिषेक गरिएको हो । पतञ्जली योग समिति वाग्मती प्रदेशका अध्यक्ष ग्रुवेन तौजलेले शान्ति, समाज र वातावरण शुद्धीका लागि ‘२४ घण्टा अखण्ड गायत्री मन्त्र तथा मृत्युञ्जय जप तथा यज्ञ आयोजना गरिएको बताए। महाशिवरात्रिको अवसरमा गायत्री मन्त्र जप गर्दा परिवारमा शान्ति, स्वस्थ हुनुका साथै दिवङ्गत आत्माको शान्तिका लागि यज्ञ आयोजना गरेको उनको भनाइ छ ।...

Read More