Author: Himalaya Post

चैतयता १० लाख चालक अनुमतिपत्र छापियो

यातायात व्यवस्था विभागले गत चैतदेखि अहिलेसम्म झण्डै १० लाख चालक अनुमतिपत्र छपाइ गरेको छ । विगतमा झण्डै आठ – नौ लाखसम्म पनि अनुमतिपत्र बाँकी रहेकामा अहिले त्यो सकिँदै गएको विभागले जनाएको छ । पहिले वर्षौँसम्म सेवाग्राहीले अनुमतिपत्र नपाउने गरेकामा अहिले त्यो अवस्था पूरै हटिसकेको विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताए । उनका अनुसार पछिल्लो तीन-चार महिनामा आएका अनुमतिपत्र मात्रै छाप्न बाँकी छ । छापिएका सबै अनुमतिपत्र सम्बन्धित कार्यालयमा पठाइसकिएको उनले बताए । उनले भने, “सेवाग्राहीले नयाँ वा नवीकरण गरिएका अनुमतिपत्र सम्बन्धित कार्यालयमा पुगेर लिन सक्छन् ।” निषेधाज्ञाका समयमा यातायात व्यवस्था कार्यालयबाट आएका झण्डै एक लाख अनुमतिपत्र छाप्न बाँकी रहेको प्रवक्ता भुसालले बताए । अहिले आवश्यकतानुसार ‘मास प्रिन्टर’ बाट अनुमतिपत्र छपाइ भइरहेको छ । आवेदन दिएको तीन÷चार महिनामा अनुमतिपत्र पाउन सक्ने गरी पठाउन लागिएको उहाँले जानकारी दिए । उनले भने, “पहिले जसरी अब वर्षौँसम्म कुर्नुपर्ने अवस्था आउँदैन ।” सरकारले झण्डै पाँच वर्ष पहिले ‘स्मार्ट’ चालक अनुमतिपत्र दिन शुरु गरेको थियो । सेवाग्राहीले आवेदन दिएको लामो समयसम्म पनि अनुमतिपत्र पाएका थिएनन् । उपकरणको क्षमताभन्दा कयौँ गुणा छाप्नु परेकाले समस्या भएको थियो । विभागले गतवर्ष ‘मास प्रिन्टर’ खरिद गरेर सञ्चालनमा ल्याएसँगै त्यो समस्या हटेको छ । विभागले गतवर्ष नै ‘मास प्रिन्टर’सँगै १० लाख स्मार्ट कार्ड खरिद गरेको थियो...

Read More

दशैंको दक्षिणामा ग्राहकलाई एनआईसी एसीयाले १० प्रतिशत थपिदिने

एनआईसी एशिया बैंकले कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न नगद कारोबारको सट्टा डिजिटल कारोबारको माध्यम प्रयोग गर्नु वाञ्छनीय रहेको हुँदा भौतिक दुरी कायम गरी सुरक्षित विजया दशमी मनाउनु नै आवश्यकता ठानी ग्राहकहरूलाई डिजिटल रकम स्थानान्तरणमा प्रोत्साहनस्वरूप डिजिटल दक्षिणा योजना ल्याएको छ । ‘सोच बदलौं’ भन्ने नारालाई आत्मसात गर्दै आइरहेको यस बैंकले दशैंमा ग्राहक हरूले आफ्ना आफन्तजनलाई दिने दक्षिणा यस बैंकको मोबाइल बैंकिङ्ग मार्फत प्रदान गरेमा दक्षिणा रकमको थप १० प्रतिशत वा अधिकतम १०० सम्म बैंकले आफ्नो तर्फबाट थप गरिदिने जनाएको छ । योजना बैंकमा आबद्ध ग्राहकहरूलाई विजया दशमी टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म लागू गरिएको छ । यस योजना अवधीभर...

Read More

दशैंमा बीओके स्मार्टबाट डिजिटल दक्षिणा

दशैंको उपलक्ष्यमा बैंक अफ काठमाण्डू लिमिटेडले मोबाईल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरुलाई डिजिटल दक्षिणा योजनामा नगद उपहार दिने भएको छ । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै यस वर्षको बडा दशैंमा ब्यक्तिगत दुरी कायम गरी चाडपर्व मनाउन समेत बैंकले अनुरोध गरेको छ । बडा दशंैमा साधारणतया आफ्नो मान्यजनहरुबाट आशिर्वाद लिई दक्षिणा स्वरुप पैसा लिनेदिने चलन चल्दै आएको छ । ब्यक्तिगत दुरी कायम राख्न सहयोग पुग्ने हेतुले यस बैंक अफ काठमाण्डू लिमिटेडले “तिनमा तिन सय” नगद उपहार योजना ल्याएको हो । साथै, चाडपर्वलाई हर्षउल्लासको साथ मनाउन बैंकको ग्राहकहरुले तीन पटक भिन्न भिन्न ब्यक्तिलाई बैंकको मोबाईल बैंकिङ्ग प्रयोग गरी दक्षिणा प्रदान गर्दा रु. १०००...

Read More

रुपन्देहीमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन

प्रभु बैंकले सेवा विस्तार गर्ने क्रममा रुपन्देही जिल्लाको सिद्वार्थनगर नगरपालिका ५ स्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । रुपन्देही स्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरबाट कार्तिक ५ गते देखि कारोबार सुरु भएको हो । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले जिल्ला प्रशासन कार्यलय रुपन्देहीमा पनि आप्mनो सेवा विस्तार गर्न सफल भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ । प्रभु बैंकको एक्स्टेन्सन...

Read More

रुपन्देहीमा सनराइज बैंकको ५१ औं शाखारहित बैंकिङ्ग सेवा

सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्धेश्यका साथ तिलोत्तमा ६, गणेशपुर, रुपन्देहीमा ५१ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । उक्त सेवा बुधवार आयोजित एक कार्यक्रममा प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाको कार्यपालिका सदस्य तथा तिलोत्तमा वडा नं. ६ को सदस्य श्रीमती संगिता गुरुङ्गले गरेकी हुन् । समारोहमा प्रमुख अतिथि श्रीमती संगिता गुरुङ्ग र कार्यक्रमका सभापती तथा मणिग्राम शाखाका शाखा प्रवन्धक श्री अरुण पाण्डेले संयुक्त रुपमा बैंकको शाखारहित बैंकिङ्ग सेवा प्रतिनिधि श्री प्रशान्त न्यौपानेलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका छन् । उक्त कार्यक्रममा बैंकका अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । पोइन्ट अफ...

Read More