Author: Himalaya Post

कांग्रेस केन्द्रीय समिति बैठक कात्तिक २४ गते

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २४ गते दिउँसो १ बजे बस्ने भएको छ । यस अघि कात्तिक २१ गतेका लागि निर्धारण गरिएको सो बैठक पार्टीको पदाधिकारी बैठक लम्बिएपछि आगामी सोमबारका लागि तोकिएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी र केही केन्द्रीय सदस्यको आज भएको बैठकमा सहभागीहरुले बोल्ने क्रम जारी रहेकाले सो बैठक भोलि पनि पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा १२ः ३० बस्ने पार्टी कार्यालयले जनाएको छ...

Read More

डिशहोमको ‘डवल धमाका अफर’ दिपावलीमा पनि

काठमाडौँ – डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले “डिशहोममा डिलर दाईको डिस्काउन्ट” नामक अफर संचालन गरिरहेको छ । यसै अफर लाई डिशहोमले वडा दशैंसंगै दिपावलीको उपलक्ष्यमा पनि निरन्तरता दिदै २४ महिना रिचार्जमा डबल धमाका अफर ल्याएको छ । यस अफरमा डिलरदाई मार्फत ‘फन्ड ट्रान्सफर’ बाट वार्षिक रिचार्ज गर्दा साप्ताहिक लक्कडी ड्रमा भाग लिने अवसर प्राप्त हुनेछ भने २ वर्षे रिचार्जमा साप्ताहिक लक्की ड्रमा डबल मौका प्राप्त हुनेछ । हप्तामा २ जना भाग्यशाली ग्राहकहरुले प्रति व्यक्ति रु एक-एक लाख नगद उपहार यस अफर मार्फत जित्न सक्नेछन् । साप्ताहिक लक्कडी ड्रको विजेताको घोषणा डिजिटल प्रणालीबाट ग्राहकहरुको...

Read More

कोरोनासम्बन्धी सचेतना फैलाउन एनसेलले स्वास्थ्य मन्त्रालय र युनिसेफसँग सहकार्य गर्दै

काठमाडौं – एनसेलले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना भाइरसबाट बच्नका लागि आम जनमानसमा जनसचेतना फैलाउने कार्यमा केन्द्रित हुँदै विभिन्न अभियान संचालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफ नेपालसँग सहकार्य गरेको छ । कोरोना भाइरससम्बन्धी जनसचेतना अभिवृद्धिको यस अभियानमा नेपाल सरकारद्वारा प्रमाणित तथा सिफारिस गरिएको कोरोनाभाइरसबाट बच्न र बचाउन अपनाउनुपर्ने तीन मुख्य उपायहरु—व्यक्ति व्यक्तिबीच कम्तीमा दुई मिटर दूरी कायम गर्ने, घरबाट बाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्ने र बेलाबेलामा साबुनपानीले मिचिमिची कम्तीमा २० सेकेण्डसम्म हात धुने सन्देशलाई व्यापकरुपमा फैलाईएको छ । यस अभियान अन्तर्गत एनसेलले मास्कको सही प्रयोग, मास्क कसरी लगाउने, कस्तो किसिमको मास्क प्रयोग गर्ने भन्ने लगायतका...

Read More

भारतीय स्थल सेनाध्यक्ष नरवणे नेपाली सेनाको मानार्थ महारथीबाट सुशोभित

काठमाडौँ – नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणे नेपाली सेनाको मानार्थ महारथीबाट सुशोभित भएका छन् । बिहीबार राष्ट्रपति भवन शितल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गरेकी हुन् । नरवणेले महारथीको दर्ज्यानी चिन्ह, खड्ग तथा प्रमाणपत्र प्राप्त गरेका छन् । नेपाली सेनाको सेनापतिलाई भारतीय सेनाको मानार्थ सेनापति र भारतीय सेनापतिलाई नेपाली सेनाको मानार्थ सेनापतिको सम्मान प्रदान गर्ने प्रचलन रही आएको छ । सोही अनुसार नरवणेले उक्त सम्मान प्राप्त गरेका हुन् । उक्त दर्जाबाट सम्मानित पहिलो भारतीय सेना प्रमुख सेनापति जनरल के एम करिअप्पा हुन् । उनलाई सन् १९५० मा...

Read More

कोरोना कहर र मेरो अनुभव

– दामोदर देवकोटा विश्व कोभिड–१९ को महामारी विरुद्ध लडिरहेको छ । यो महामारीले विश्वका विकसित राष्ट्रलाई समेत हम्मेहम्मे पारिरहेको समाचारहरु आइरहेका छन र यसले विश्व नै आतंकित बनेको छ । हाम्रो देशमा पनि २०७६ चैत्रदेखि नेपाल सरकारले विभिन्न उपायहरु अपनाइ कोरोना रोकथाममा पहल गरिरहेको समाचारहरुप्रशस्तै आएका छन । नेपाल एक अति कम विकसित राष्ट्र भएको र गरिवीको संख्या १८ प्रतिशतको हाराहारी र बेरोजगारी संख्या बढी रहेकोले कोरोना रोकथाममा सरकारलाई असहज परिस्थिती हुनु स्वभाविक हो । आ.ब. २०७७/७८ को नीति कार्यक्रम तथा बजेट बनाउने बेला नै नेपालमा कोरोना महामारी हुन्छ भन्ने अनुमान सरकारी संचार माध्यमबाट प्रशारण भइरहेका थिए । देश...

Read More