Author: Himalaya Post

दिशामुक्त घोषणा गरिएको नगरपालिकामै शौचालय छैनन्

कञ्चनपुर, २६-असोज (रासस) / खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको शुक्लाफाँटा नगरपालिकाका विपन्न समुदायका बासिन्दासँगै शौचालय नै छैनन् । नगरपालिकाका जनप्रतिनिधिले नै शौचालय नभएको कुराको पुष्टि गरेका छन् । बुधबार नगरपालिकामा आयोजना गरिएको पूर्ण सरसफाइ कार्यशाला गोष्ठिका सहभागी वडाध्यक्षले अधिकांश विपन्न र जनजाति परिवारले शौचालय नै निर्माण नगरेको बताउनुभएको हो । ढांणाका ४० परिवार राना थारू समुदाय, टमटा टोल, बूढीनाला र आसापुर क्षेत्रका दलित र विपन्न परिवारसँग शौचालय नहँुदा खोला, किनारा र खेतमा शौच गर्नका लागि जाने गरेको पाइएको वडा नं ४ का वडाध्यक्ष ज्ञानबहादुर बिष्टले बताउनुभयो । “आर्थिक अवस्था कमजोर रहेका कारण ती परिवारले नगरपालिकाले सबै सेवासुविधा रोक्दासमेत पक्की...

Read More

बैतडीमा अनौठो चलन, जेठो सन्तान छोरा जन्मिए गाउँलेलाई खसी काटी खुवाउनुपर्ने

विनोदसिंह विष्ट,  बैतडी – प्रदेश नं ७ अर्थात् सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीको एउटा गाउँमा अनौठो चलन छ ।  जिल्लाको तल्लोस्वराडमा पर्ने मेलौली नगरपालिका वडा नं ९ असुर गाउँमा जेठो सन्तानकारुपमा छोरा जन्माएका आमाबुवाले हरेक वर्ष तिहारको औँसीका दिन गाउँलेलाई खसी काटेर खुवाउनै पर्छ । यदि त्यसो नगरे छोरालाई अशुभ हुने जनविश्वास रहेको छ । यस्तो परम्पराले सामाजिक तथा लैङ्गिक विभेदलाई बढावा दिएको भन्दै केही स्थानीयले बन्द गर्न मागसमेत गरेका छन् । परम्परा रोक्न गाउँले नै पुगे प्रशासन  अहिले आएर स्थानीयस्तरमै यसको विरोधमा आवाज उठ्न थालेको छ । विगत पाँच पुस्तादेखि चल्दै आएको उक्त परम्पराले सामाजिक तथा लैङ्गिक विभेदलाई बढावा दिएको...

Read More

कोटेश्वर-कलंकी सडक खण्ड, ४ वर्षमा बल्ल आधा काम

काठमाडौ, २६-असोज /   कोटेश्वर–कलंकी सडक खण्ड सुधार गर्ने काम थालेको ४ वर्षभन्दा बढी भइसकेको छ। कामले गति लिन नसक्दा चार वर्ष बित्दा बल्ल आधा काम सकिएको काठमाडौं चक्रपथ सुधार आयोजनाले जनाएको छ। आयोजनाका इन्जिनियर निरञ्जन शर्माले देशमा भएको प्रमुख घटना भूकम्प, नाकाबन्दीका कारण काममा देखिने गरी प्रगति नभएको बताउनुभयो। तर विशेष परिस्थितिका बीच पनि काम भइरहेको उहाँको भनाइ थियो। मुलुकमा भएका विभिन्न घटनाले निर्माणको जिम्मा पाएका कम्पनीले समेत काम गर्न सकेनन्। आयोजनाले काम सम्पन्न गर्न तोकेको म्याद सकिन अब ९ महिना मात्रै बाँकी छ। सन् २०१३ सेप्टेम्बर १३ मा निर्माण शुरू गरेको निर्माण पक्षले विविध कारणवस काम गर्न...

Read More

राजतन्त्रमा खोसिएको सदरमुकाम गणतन्त्रमा फिर्ता

पुर्बी रुकुममा सरकारी कामकाज शुरु मेगराज खड्का, रुकुम २४-असोज / औपचारिक रुपमा पुर्वी रुकुमले नयाँ जिल्लाको मान्यता पाएसंगै आम जिल्लावासीहरुमा खुशीयाली छाएको छ । संविधानमै रुकुम जिल्ला दुई भागमा विभाजित भएर पूर्वी रुकुम र पश्चिम रुकुम बनेपछि पुर्वी रुकुमका नागरिकहरु खुशी भएका हुन् । साताअघि नेपाल सरकारका गृह मन्त्री जनार्धन शर्माले रुकुमकोटमा जिल्ला स्थित सरकारी कार्यालयहरु उद्घाटन गरेसगै ३ ओटा स्थानीय तह सिस्ने, भुमे र पुथा उत्तरगंगा गाउँपालिका मिलेर बनेको पुर्वी रुकुम जिल्लाले नयाँ जिल्लाको रुपमा औपचारिक मान्यता पाएको छ । रुकुम जिल्लाको सदरमुकाम शुरुमा रुकुमकोटमा नै भएपनि २०३० सालमा मुसिकोटमा सारिएको थियो । जसका कारण पुर्बी रुकुमलेलीहरु सरकारी...

Read More

धरहरा पुनर्निर्माण गर्न अघि सर्यो प्राधिकरण

काठमाडौ, २५-असोज /  विनाशकारी भूकम्पमा परी ध्वस्त भएको धरहराको पुनर्निर्माण राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आफैले गर्न पहल शुरू गरेको छ। भूकम्पले विनाश गरेको दुई वर्षपछि प्राधिकरण आफैले पुनर्निर्माण गर्न अघि सरेको हो। धरहरा पुनर्निर्माणका मुख्य साझेदारका रूपमा रहेको नेपाल टेलिकम उक्त योजनाबाट बाहिरिएपछि प्राधिकरण आफै पुनर्निर्माण गर्नका लागि अगाडि बढेको हो। नेपाल समाचार पत्र दैनिकमा खबर छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज जोशीले नेपाल टेलिकमले धरहरा पुनर्निर्माण योजनाबाट हात झिकेपछि केकसरी धरहरा बनाउने भन्ने प्रस्ताव तयारी पारी छलफलका लागि मन्त्रिपरिषद्मा पठाएको नेपाल समाचारपत्रलाई बताउनुभयो। उहाँले मन्त्रिपरिषद्ले निर्णय गरेपछि प्राधिकरण आफैले वा सरकारले तोकेको कुनै निकायसँग समन्वय...

Read More