काठमाडौं – नेपाल र मरिलेबोन क्रिकेट क्लब (एमसीसी) बीचको तीनदिवसीय फर्स्ट क्लास क्रिकेट खेलको पहिलो दिनको खेल सकिएको छ ।
खराब प्रकाशका कारण ८७ ओभर खेल खेलेर आजको खेल सकिएको छ । पहिलो दिन त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको एमसीसीले ६ विकेट गुमाएर ३११ रन बनाएको हो ।
एमसीसीका लागि विली गोल्डम्यानले ७, वील रोड्सले ७३, टम वेस्लीले ३९, माइल्स हममोंडले ५२ रन बनाएर आउट भएका छन् । त्यस्तै विल भण्डरसपारले ५३ र एड योंग १७ रन बनाएर आउट भए । त्यस्तै यशिर अराफात ३५ र एलेक्स थम्प्सन २१ रन बनाएर खेलिरहेका छन् ।
नेपाली बलर सोमपाल कामी, सन्दीप लामिछाने र शरद भेस्वाकरले २–२ विकेट लिएका छन् ।
तस्बिर : राजन शाह