काठमाडौँ – एएफसी महिला एसियन कप छनोट प्रतियोगितामा नेपालले दोस्रो सानदार जित हात पारेको छ । नेपालले बुधबार श्रीलङ्कालाई ८–० ले पाखा लगाएको हो ।


ADVERTISEMENT


उज्वेकिस्तानको राजधानी तास्केन्दको मिली रङ्गशालामा रङ्गशालामा भएको खेलको पहिलो हाफमा नेपालले ४–० गोलको अग्रता कायम गर्यो । जसका लागि कप्तान नेपालका लागि कप्तान सावित्रा भण्डारीले ह्याट्रिक पूरा गरिन् ।


ADVERTISEMENT

# # #


त्यस्तै, नेपालकी अर्की गीता रानाले नेपालका लागि एक गोल थपिन् । खेलको सुरूआतमा नै नेपालले पहिलो अग्रता लियो । खेलको सातौँ मिनेटमा अनिता बस्नेतको कर्नरमा गीताले गोल गरिन् ।

त्यसैगरी, खेलका खेलको २०औँ मिनेटमा नेपालले आफ्नो अग्रता दोब्बर बनायो । जसमा सावित्राले गोल गरिन् । त्यसपछि खेलको ४२औँ मिनेटमा सावित्राले फ्रि–किकमाफर्त टोलीलाई तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरिन् । त्यसपछि खेलको पहिलो हाफको अतिरिक्त समयमा सावित्राले गोल गर्दै टोलीलाई ४–० गोलको अग्रता दिलाइन् ।

दोस्रो हाफमा नेपालले थप ४ गोल गर्यो । खेलको ५४ मिनेट मा गिता रानाले नेपालका लागि पाँचौँ तथा ६२औँ मिनेट निशा थोकरले हेडमार्फत गोल व्यक्तिगत पहिलो तथा नेपालका लागि छैटौँ गोल गरिन् । यस्तै ७८ मिनेटमा रेखा पौडेलले हेडमार्फत नेपालका लागि सातौँ गोल गरिन् भने ८९ औँ मिनेटमा पूजा रानाले गोल गर्दै नेपाललाई ८–० को अवस्थामा पुर्याइन् ।

यसअघि नेपालले यसअघि भएको पहिलो खेलमा लाओसलाई ९–० ले हराएको थियो । यता श्रीलङ्का भने पहिलो खेलमा घरेलु टोली उज्वेकिस्तानसँग १०–० को फराकिलो अन्तरमा हारेको थियो ।