काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कालापानी, भारतको नयाँ नक्सामा समेटिएका नेपाली भूभाग लिपुलेक क्षेत्र फिर्ता ल्याउनका लागि प्रधानमन्त्रीको भूमिका महत्वपूर्ण हुने बताएको छ ।


ADVERTISEMENT


मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजिक पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले लिपुलेक क्षेत्र नेपालको अभिभाज्य भूमि भएको र भारतले जारी गरेको नयाँ नक्सामा त्रुटी रहेको भन्दै नेपाली भूभाग फिर्ता ल्याउनका लागि सरकारले कदम चाल्नुपर्ने बताए ।


ADVERTISEMENT

# # #


उनले सबै राजनीतिक दल र सम्पूर्ण नेपाललीले सरकारलाई पूर्ण समर्थन गरेकोले नेपाली भूमि फिर्ता ल्याउने कि नल्याउने भन्ने कुरा प्रधानमन्त्रीमा निर्भर रहने बताए । यस विषयमा सरकार कसरी अगाडी बढ्छ भन्नेमा कांग्रेसले सतर्कतापूर्वक भूमिका नियाली रहेको उनले बताए ।

‘अब जिम्मेवारी प्रधानमन्त्रीको टेबलमा छ । बल प्रधानमन्त्रीज्यूको खुट्टामा छ ।’ प्रवक्ता शर्माले भने, ‘सबै राजनीतिक दलले उहाँलाई पास दिएका छन् । अब उहाँले कसरी अगाडि बढाउनु हुन्छ भन्ने कुरामा हामी सतर्कतापूर्वक सरकारको भूमिकालाई नियालीरहेका छौँ ।’

उनले राजनीतिक दलभन्दा माथि उठेर राष्ट्रियताका विषयमा, स्वाधिनताका विषयमा एक हुनुपर्ने उनले उल्लेख गरे  ।