काठमाडौँ – एसीसी यू–१६ पुरुष पूर्वी क्षेत्र कपको उपाधि नेपालले जितेको डिफेण्डिङ च्याम्पियन रहेको नेपालले शनिबार भएको फाइनल खेलमा सिंगापुरलाई २ विकेटले हराउँदै उपाधि रक्षा गरेको हो ।


ADVERTISEMENT


मलेसियाको युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको सिङ्गापुरले ४०.५ ओभरमा सबै विकेट गुमाउदै ११३ रनको योगफल बनायो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले २९ ओभरमा ८ विकेटको क्षतिमा जित हात पारेको हो ।


ADVERTISEMENT

# # #


नेपालको जितका लागि जोय थापाले सर्वाधिक २४ रन बनाए । नटआउट रहेका उनले ५३ बलमा ३ चौका प्रहार गरे । यस्तै सिवांश बजगाईंले २०, शुभम खनाल १८, प्रशिद्ध जैसीले १७ तथा परिमार्जन यादवले १३ रनको योगदान दिए भने १२ बलमा १० रन बनाएर नटआउट रहे । उनले विजयी छक्का प्रहार गर्दै नेपालाई उपाधि दिलाए ।

बलिङतर्फ कपिश वेंकटरमनले सर्वाधिक ४ विकेट लिए । सो क्रममा उनले ६ ओभरमा १८ रन दिए । यस्तै युभान पाण्डेले २ विकेट लिँदा आकाश तेजा र वेदांश गुप्ताले समान १–१ विकेट हात पारे ।

यसअघि ब्याटिङतर्फ श्रीलंकाका लागि रोहन अस्टिनले सर्वाधिक २३ रन बनाए । त्यसैगरी रिहान नाइकले १५, वेदांश गुप्ता १२ रन र आकाश तेजा १० रन बनाए । त्यसबाहेक सिङ्गापुरका अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

सिङ्गापुरका लागि सस्तैमा समेट्ने क्रममा नेपालका लागि अभय यादव र सुशीलबहादुर रावलले समान तीन÷तीन विकेट लिए भने शुभम खनालले दुई विकेट लिए । त्यस्तै कप्तान बिपिनप्रसाद शर्माले एक विकेट लिए ।

नेपाल जारी प्रतियोगितामा अपराजित छ । सिङ्गापुर भने समूह चरणमा नेपालसँग पराजित भएको थियो । त्यसपछि सिङ्गापुरले पनि सबै खेलहरू जितेको थियो ।

नेपालले मलेसियालाई हराउदै सेमिफाइन यात्रा तय गरेको थियो भने सिङ्गापुरले हङकङलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।