काठमाडौं – साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार शुक्रबारको तुलनामा सुन प्रतितोला पाँचसय रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँले घटेको हो । महासंघका अनुसार आजको लागि छापावाला सुन प्रतितोला ७१ हजार दुई सय र तेजावी सुन प्रतितोला ७० हजार नौं सय रुपैयाँ निर्धारण गरिएको छ । शुक्रबार सुन प्रतितोला ७१ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।


ADVERTISEMENT

# # #


त्यसैगरी, शुक्रबार प्रतितोला ८५० रुपैयाँमा कारोबार भएको चाँदी आईतबार आईपुग्दा तोलामा १० रुपैयाँ घटेर प्रतितोला ८४० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।