काठमाडौं – नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैबीच शर्माले वारेसमार्फत वरिष्ठ उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् । पुष्पराज पौडेलले वारेसमार्फत शर्माको उम्मेदवारी दर्ता गराएका हुन् ।

कांग्रेसको विधानमा पहिलोपटक वरिष्ठ उपसभापतिको व्यवस्था गरिएको हो । गत विशेष महाधिवेशनबाट शर्मा उपसभापति निर्वाचित भएका थिए ।